Comments Add Comment

मणिपुरमा लागेको आर्थिक नाकाबन्दी पाँच महिनापछि हट्यो

७ चैत, काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा झण्डै पाँच महिनादेखि लाग्दै आएको आर्थिक नाकाबन्दी आइतबार मध्यरातबाट खुलेको छ । राज्यको पहिलो भाजपा नेतृत्वको सरकारले कार्यालय सम्हालेको चौथो दिनमा नाकाबन्दी खुलेको हो ।

राज्यमा दुईवटा नयाँ जिल्ला निर्माण गरिएको विरोधमा संयुक्त नागा परिषद (यूएनसी)ले गत १ नोभेम्बरदेखि नाकाबन्दी लगाएको थियो । राज्य र केन्द्रका प्रतिनिधिहरुसँग वार्तापश्चात राज्यका दुई राजमार्गमा लगाइएको १३९ दिन लामो नाकाबन्दी अन्त्य गर्न यूएनसी सहमत भएको यूएनसीका महासचिव एस मिलनले बताए ।

सहमति अनुसार राज्य सरकारले नाकाबन्दीका क्रममा हिंसा मच्चाएको आरोपमा पक्राउ गरिएका यूएनसीका अध्यक्ष गाइडोन कामेइ र पब्लिसिटी सेक्रेटरी स्टेफन लामकाङलाई बिनाशर्त रिहाई गर्नेछ भने नागा नेताहरुमाथिका सबै मुद्दाहरु खारेज गर्नेछ ।

सदर हिल्स र जिरिबामलाई पूर्ण जिल्ला बनाउने पूर्ववर्ति कंग्रेस सरकारले गरेको निर्णयको विरोधमा यूएनसीले लगायको आर्थिक नाकाबन्दीले मणिपुर समस्याग्रस्त बनेको थियो ।

नयाँ घोषित जिल्लाहरुले नागाहरुको स्वार्थमा धक्का पुग्ने यूएनसीले दावी गरेको छ भने कंग्रेस सरकारले प्रशासनिक सुविधाका लागि यो निर्णय लिएको जनाएको छ । यस महिनाको निर्वाचनमा विजेपीले सत्तारोहण गर्नासाथ नाकाबन्दीको समाधान निकाल्ने प्रतिवद्धता जनाएको थियो ।

गत बुधबार पदभार सम्हालेपछि विजेपीका पहिलो मुख्यमन्त्री एन बिरेन सिंहले यूएनसीसँग वार्ता र नाकाबन्दीको अन्त्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment