Comments Add Comment

तनाव व्यवस्थापनः कसरी आफुलाई शान्त राख्ने ?

धेरै रिस उठ्नु, आवेगमा आउनु, तनावग्रस्त हुनु आफैमा यस्तो भावनात्मक समस्या हो, जसले हाम्रो इन्द्रीयहरुमाथि नकारात्मक असर पुर्‍याउँछ ।

आफ्नो रिसलाई काबुमा राख्नु भनेजति सजिलो छैन । आफ्नै इन्द्रीयमाथि नियन्त्रण राख्न नसक्दा यति कमजोर हुन्छौं कि, रिसले हामीलाई जित्छ । रिस हाम्रो इन्द्रीयमाथि हावी हुन्छ । नतिजा, जस्तोसुकै हर्कत गर्न पछि पर्दैनौ ।

हामी भन्छौ, रिसाउनु हुन्न । शान्त रहनुपर्छ । तर, कसरी ?

बिधी- १

आफैमाथि ध्यान केन्द्रित गर्नुहोस् ।

जब रिस उठ्छ, चिन्ता हुन्छ वा मन दुखी हुन्छ त्यसबेला आफ्नो ध्यान आफ्नै शरीरमाथि लगाउनुहोस् । त्यस्तो अवस्थामा तपाईको शारीरिक प्रतिक्रिया के हुन्छ ?

रिस उठेको बेला हामी झगडा गर्न उक्सन्छांै । शरीरमा यस्तो हर्मोन उत्सर्जन हुन्छ, जसले मुटुको धड्कन तिब्र बनाउँछ, श्वासप्रश्वासको गति तीब्र बनाउँछ । मांसपेशीमा तनाव पैदा गर्छ र रक्तनलीलाई कसिलो बनाउँछ ।

आफैंलाई तनावमा धकेल्ने हरेक चिजबाट टाढै रहनुहोस् र शरीरले कस्तो अनुभव गरिरहेको छ त्यसमा ध्यान लगाउनुहोस् ।

तर, आफ्नो अनुभवलाई आंकलन नगरौं, केवल स्विकार गरौं । उदाहरणका लागि यदि तपाई कुनै कुरालाई लिएर आवेगमा आउनुभयो भने, तपाईको मुटु तीब्र गतिमा धड्किन थाल्छ, अनुहारको रातोपिरो हुन्छ । यि सारा अनुभवलाई स्वीकार गर्नुहोस् । तर, यसलाई ‘सही’ वा ‘गलत’को तराजुमा तौलनु हुन्न ।

बिधी- २

तपाई जे गरिरहनुभएको छ, त्यसलाई त्यही छाड्नुहोस् ।

स्वयमलाई शान्त राख्ने एउटा काइदा यो हो कि, तपाई जे गरिरहनुभएको छ त्यो छाडिदिनुहोस् । एकछिन ब्रेक लिनुहोस् । र, त्यस्तो स्थानमा जानुहोस् वा त्यस्तो काममा मोडिनुहोस् जसले तपाईलाई पूर्ववत् अवस्थाबाट टाढा लान्छ । त्यहाँ तपाईले आफ्नो ध्यान अन्यत्रै मोड्न सक्नुहुनेछ ।

बिधी- ३

अतः आफ्नो रिस नियन्त्रण गर्न वाहिरी उपायहरु खोजेर हुँदैन, त्यसको हल आफैंभित्र खोज्नुपर्छ । जब रिस उठ्छ गहिरो एवं लामो सास लिने । र, आफ्नो सम्पूर्ण ध्यान श्वासप्रश्वासको गतिमा केन्दि्रत गर्ने । यसले शरीरमा अक्सिजनको राम्ररी प्रवाह हुन पाउँछ र मन एवं मस्तिष्कमा आराम मिल्छ ।

आफ्नो सासको लयमा ध्यान केन्दि्रत गर्ने । जब सास भित्र लिनुहुन्छ, सुन्दर प्रकासको परिकल्पना गर्नुहोस् ।

बिधी- ४

आफ्नो मांसपेशीलाई आराम दिनुहोस् ।

जब कुनै तनाव वा भावनात्मक प्रतिक्रिया उत्पन्न हुन्छ, तब तपाईको मांशपेशीमा पनि तनाव पैदा हुन्छ । आफ्नै शरीरमा पीडा अनुभव गर्नुहुनेछ । त्यसैले शरीरलाई तनावमुक्त गर्नका लागि मांसपेशीलाई आरमपूर्वक अवस्थामा राख्नुहोस् । यसका लागि शान्त स्थान चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment