Comments Add Comment

संशोधन प्रस्ताव थाती नराखे चुनाव प्रभावित हुने एमालेको चेतावनी

 

७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संविधान संशोधन प्रस्ताव थाति राखेर अघि नबढे स्थानीय तहको निर्वाचन प्रभावित हुने चेतावनी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान बोलाएको प्रमुख दलहरुको बैठकमा एमालेले संविधान संशोधन प्रस्ताव थाति राख्न प्रस्ताव गरेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्तावलाई थाति राखेर अघि बढनुको विकल्प नरहेको बताएका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा भइरहेको छलफलबारे जानकारी दिँदै आवश्यक सुझाव दिन एमालेसँग आग्रह गरेका थिए । आफूहरुले संविधान संशोधन प्रस्तावलाई थाति राखेर निर्वाचन गर्नु पर्ने बताएको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । निर्वाचन समयमै हुन्छ भन्दै त्यसमा दायाँबायाँ नहुने अडान आफूले मधेसी मोर्चाका नेताहरुलाई भनेको प्रधानमन्त्रीले जानकारी गराउनु भएको एमाले संसदीय दलका नेता नेम्वाङले बताइ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment