Comments Add Comment

‘म यस्तो गीत गाउँछु’मा यस्तो देखियो पल र पूजाको रोमान्स


छायांकनमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को केहि तस्बिरहरु सार्वजनिक भएका छन् । चलचित्रको छायांकन सुरु भएपछि पहिलो पटक तस्बिरहरु सार्वजनिक भएका हुन् ।

सार्वजनिक भएका तस्बिरहरु ‘किन आजकल तिम्रो मन मैलो भो’ बोलका गीतका लागि खिचिएको हो । दासढुंगा अगाडि खिचिएको गीतको भिडियोमा सय बढी कोरसहरु समावेश गरिएको कोरियोग्राफर कविराज गहतराजको भनाई छ ।

सार्वजनिक तस्बिरमा चलचित्रका मुख्य २ कलाकार पल शाह र पूजा शर्मालाई देख्न सकिन्छ । पल र पूजा यो चलचित्रका मुख्य कलाकार हुन् । साथमा चलचित्रमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको छायांकन सुरु भएको २५ दिन भयो ।

पल र पूजासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः
 

निर्माणपक्षले ६० प्रतिशत दृश्यको काम सकेर गीतको भिडियो छायांकन गरिएको बताएको छ । चलचित्रलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरिरहेका छन् । थापाले भने-‘हामी चलचित्रको सेड्यूल भन्दा एक दिन पनि तलमाथि छैनौ । यहि, तरिकाले काम भयो भने ४५ दिनमा चलचित्रको छायांकन सकिनेछ । पोखराको आसपासका रोचक दृश्य कैद गरेपछि अप्पर मुस्ताङमा चलचित्र खिचिने सुदर्शनको भनाई छ ।
पहिलो पटक चलचित्रको पर्दामा जोडी बनेका पल र पूजाले भने-काम एकदमै रमाइलो भैरहेको छ । जे सोचेका थियौँ, त्यो भन्दा पनि राम्रोसँग काम भएको देख्दा खुशी लागेको छ ।’ अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतको भिडियोलाई संजय लामाले खिचिरहेका छन् । सुदर्शन थापा नै निर्माता रहेको चलचित्रकी सह-निर्मात्री नायिका शर्मा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment