Comments Add Comment

निर्वाचन आयोगविरुद्ध उपप्रधानमन्त्री थापा नै धर्नामा

७ चैत, काठमाडौं । उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापा नै निर्वाचन आयोगविरुद्ध धर्नामा बसेका छन् । निर्वाचन आयोगले  राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्णय गरेपछि थापाको पार्टी आन्दोलनमा उत्रिएको छ ।

राप्रपाले सोमबार आयोगको केन्द्रीय र जिल्ला निर्वाचन कार्यालयहरु घेराउ गर्दै धर्ना दिएको छ । केन्द्रीय कार्यालय कान्तिपथमा धर्ना दिन गएका राप्रपाका नेता कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।

झडपपछि अहिले राप्रपाका नेताहरु धर्नामा छन् । धर्नामा उपप्रधानमन्त्री थापासँगै मन्त्री दिपक बोहोरा पनि छन् ।

यो पनि पढ्नुहोस्  

प्रहरीको लाठी प्रहारबाट पशुपति समशेर राणा घाइते (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment