Comments Add Comment

प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल


७ चैत, काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शय्याको अस्पतालको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई भनेको छ ।

स्थानीय तहको कार्यक्षेत्रका विषयमा समन्वयन गर्न मुख्यसचिवको नेतृत्वमा गठित केन्द्रीय व्यवस्थापन समितिले सबै स्थानीय तहमा १५ शैयाको अस्पतालबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

स्थानीय तह कार्यान्वयनका क्रममा कर्मचारी व्यवस्थापन, स्थानीय तह गठनका लागि मुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा समन्वयन समिति गठन भएको छ ।

समितिले शिक्षा क्षेत्रको काम स्थानीय तहबाट व्यवस्थापन गर्नुपर्ने भएकाले नगरपालिका र गाउँपालिकाबाट गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment