Comments Add Comment

रविन्द्र अधिकारीको आरोप- सरकारले ९९ अर्ब रकमान्तर गरेर ब्रम्हलुट मच्चायो

७ चैत, काठमाडौं । संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले सरकारले बिभिन्न मन्त्रालयबाट ९९ अर्ब रुपैयाँ रकमान्तर गरेर राष्ट्रको ढुकुटीमा ब्रहृलुट मच्चाउन खोजेको आरोप लगाएका छन् ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद अधिकारीले निर्वाचन आचारसंहिता लागू हुनै लाग्दा चैत ४ गतेसम्म योजना नै नभएका ठाउँमा करीव एक खर्ब रुपैयाँ रकमान्तर गरेर आर्थिक अराजकता मच्चाइएको आरोप लगाए ।

उनले भने, ‘नियम अनुसार बढीमा १० प्रतिशतमात्र रकमान्तर गर्न पाइन्छ तर, आज ९९ अर्बभन्दा बढी रकमान्तर भएको छ । अर्थ मन्त्रालय आफैंमा आर्थिक अनुशासन मन्त्रालय हो तर, आज आर्थिक अराजकता मच्चाउने मन्त्रालय बनेको छ । योजना आयोग निरीह बनेको छ ।’

अधिकारीले सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयबाट ४० अर्ब र सिंचाइ मन्त्रालयबाट ७ अर्ब रुपैयाँ रकमान्तर भएको दाबी गरे । त्यस्तै शहरी र शिक्षा मन्त्रालयबाट ५ अर्ब रकमान्तर भएको तथ्यांक उनले पेश गरे ।

एमाले सांसद अधिकारीले भने, ‘आज खर्च गरेर भोलि योजनामा राख्न स्वीकृत दिएको भन्ने जस्तो शव्द प्रयोग गरेर मुलुकको ढुकुटीमाथि ब्रम्हलुट गर्न खोजिएको छ । सरकारले संविधान, कानुन र नैतिकता सबै भूलेर राज्यको ढुकुटीमा लुट मच्चाएको छ, संसदले केही गर्न सकेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment