Comments Add Comment

सूर्यबहादुरका पालाको ‘दशैं खर्च’ अझैसम्म बेरुजु खातामा


७ चैत, काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको सरकारका पालाको बेरुजु अहिलेसम्म फर्छ्यौट नभएको जनाएको छ ।

मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको एउटा प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो । वि.सं. ०६० जेठ २० गते राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा नेतृत्वमा सरकार गठन भएको थियो । उक्त सरकारका मन्त्रीहरुले ५ लाख पेश्की लिएका थिए । तर, उक्त रकम अहिलेसम्म फर्छ्यौट नभएको मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

प्रधानमन्त्री कार्यालयको बेरुजु फर्छ्यौट प्रगति प्रतिवेदन अनुसार प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद कार्यालयमा आर्थिक वर्ष ०७३/७४ का लागि जिम्मेवारी सरेको कुल ४९ करोड ९० लाखमध्ये पौष महिनासम्म ३७ करोड ३१ लाख २७ हजार फर्छ्यौट भएको जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले आर्थिक वर्ष ०६०/०६१ को मन्त्रिपरिषदका सदस्यहरुले लिएको दशैं खर्च असुल हुन नसक्दा बेरुजु देखिएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment