Comments Add Comment

बसको ठक्करबाट चित्तलको मृत्यु

फाइल तस्वीर

७ चैत, दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको सतवरिया क्षेत्रमा एउटा चित्तल मरेको छ ।

लमही नगरपालिका–७ को सतवरिया र अर्जुन खोलाको बीचमा पर्ने हस्नापुर जाने प्रतीक्षालय नजिकै बसको ठक्करबाट आज बिहान एउटा चित्तल मरेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट जाजरकोटतर्फ जाँदै गरेको ना ६ ख ४०५ नम्बरको बसले आज बिहान राजमार्गबाट बाटो काट्दै गरेको चित्तललाई ठक्कर दिँदा मृत्यु भएको हो । ठक्कर दिने बसलाई बाँकेको कुसुम प्रहरीले पक्राउ गरेको छ ।

बसको ठक्करबाट मृत्यु भएको चित्तल अन्दाजी ४० किलो तौलको पोथी रहेको छ । उक्त चित्तललाई सेक्टरवन कार्यालय गढवाको टोलीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment