Comments Add Comment

नृपेशको सफरमा नीता र सोहम


गीतकार नृपेश उप्रेतीको शब्दमा समावेश ‘भर्खर भर्खर सफर सुरु भएको छ’ बोलको गीतको भिडियो लण्डनमा सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघ यूकेको बाषिर्क साधारण सभामा वीवीसी विश्व सेवाका नविन सिंहले भिडियो सार्वजनिक गरेका थिए ।

भिडियोमा सुरुमा यूवकको नजर यूवतीसँग जुध्ने र प्रेमको यात्रा सुरु भएको घटनालाई देखाइएको छ । भिडियोमा नायिका नीता ढुंगाना र मोडल सोहम भेटुवालले मोडलिङ गरेका छन् ।

गीतको बारेमा नृपेशले भने-‘यो गीत हरेक युवाको मनको चाहना हो । हरेक कोहिलाई यो गीत आफ्नै जस्तो लाग्नेछ ।’ पुरुषोत्तम सुवेदीको स्वर तथा संगीत गीतमा छ । भिडियोको निर्देशन दीपेन्द्र केसीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment