Comments Add Comment

हलमा हिट भएको ‘वीर विक्रम’ युटुबमा के भयो ?


यो बर्ष रिलिज भएका चलचित्रमध्ये हिटको सूचीमा परेको थियो, ‘वीर विक्रम’ । भदौ २ गतेबाट रिलिज भएको यो चलचित्रले हलमा राम्रै कमाई मात्र गरेन दर्शकको तारिफ पनि बटुल्यो ।

यो चलचित्र अहिले युटुबमा आइसकेको छ । युटुबमा पनि दर्शकको राम्रो साथ चलचित्रले पाइरहेको छ । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, नाजिर हुसेन, दीया पुन लगायतका कलाकारको अभिनय छ ।

चलचित्र अहिले नेपालमा २ नम्बर ट्रेन्डिङमा छ । यो समाचार तयार पार्दासम्म चलचित्रलाई ८ लाख २२ हजार भन्दा बढी पटक हेरिएको छ । १३ हजार भन्दा बढीले चलचित्रलाई लाइक गरेका छन् ।

सार्वजनिक भएको २ दिनमै दर्शकको यसले उच्च साथ पाएको छ । निर्देशक चाम्सले हलमा जस्तै युटुबमा पनि दर्शकको साथ पाएको भन्दै खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment