Comments Add Comment

बहादुरगञ्जलाई कृष्णनगरको सदरमुकाम बनाउन माग गर्दै प्रदर्शन

मैनबत्ती बालेर प्रदर्शन गर्दै युवाहरु । तस्वीर सौजन्य: मनिष गुप्ता

७ चैत, कपिलवस्तु । कृष्णनगर नगरपालिकाको सदरमुकाम बहादुरगञ्जलाई नबनाएको विरोधमा कपिलवस्तुका युवाहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

जिल्लाले बहादुरगञ्जलाई नगर सदरमुकाम बनाउन सिफारिस गरे पनि सरकारले साविककै ठाउँलाई सदरमुकाम कायम गरेको भन्दै बहादुरगञ्जका युवाहरुले प्रदर्शन गरेका हुन् ।

सरकार आँखा देख्न नसक्ने भएको भन्दै उनीहरुले प्रतिकात्मक रुपमा मैनबत्ती बालेर बहादुरगञ्ज चोकमा नाराबाजी गरे । मंगलबार वडा कार्यालयहरुको कामकाज ठप्प पार्ने योजना रहेको जनचेतना युवा क्लबका अध्यक्ष मनिष गुप्ताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment