Comments Add Comment

सप्तरी घटनाका पीडितलाई सहानुभूति दिन प्रधानमन्त्री आफैं जानुपर्थ्योः दर्शन रौनियार

 

७ चैत, काठमाडौं । सामाजिक अभियन्ता दर्शन रौनियारले देशका नेतामा दूरदृष्टिको खाँचो रहेको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी रौनियारले पछिल्लो समयमा देखिएका राजनीतिक संकटको निकास दिने नेतृत्वको खाँचो रहेको बताए ।

गत फागुन २३ गते सप्तरीमा घटेको घट्नालाई नजिकबाट अध्ययन गरेका रौनियारले उक्त घटनालाई राज्यले हल्का रुपमा लिएको आरोपसमेत लगाए ।

पहाड र मधेसबीचको सम्बन्ध प्रगाढ बनाउनुको साटो शीर्ष नेताहरुले भड्काउने र दुरी बढाउनतर्फ उद्धत रहेको भन्दै वर्तमान राजनीतिक नेतृत्वलाई गम्भीर हुन उनले आग्रह गरे ।

सप्तरी घट्नाका दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गर्दै उनले भने, ‘सप्तरीको घटना मानव अधिकार विपरित छ, राज्य यस घटनाप्रति गम्भिर भएको छैन, पीडितका आँखामा आँशु छ, यस्तो दुःखद् स्थितिमा राज्यले पीडितलाई प्रदान गर्ने भनेको राहतसमेत अहिलेसम्म पुगेको छैन । खेतबारी र घरभित्र बसेको बेलामा प्रहरीले दमन गरेको पाइएको छ, यो पनि राम्रो काम भएन ।’

उनले उक्त घट्नाका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै भने, ‘यदि सरकारले सक्दैन भने म अन्तर्राष्ट्रियकरण गर्छु, मैले पाँच जना पीडित परिवारलाई प्रत्यक्ष भेटेर कुरा गरेँ, यस्तो बेलामा प्रधानमन्त्री आँफै जानुपर्ने थियो, यही कुराले पनि सरकार गम्भीर नभएको देखाउँछ ।’

देश र जनताको विकास भन्दा पनि आफ्नो भलाई चाहने नेताको व्यबहारले देशमा शान्ति तथा अमनचयन नभएको भन्दै रौनियारले आफु ढिलोचाँडो नेपालमा राजनीतिमा आउने उद्घोष गरे ।

तराई-मधेसका जनता र त्यहाँको विकासको लागि भिजनसहितको नेता नहुनु दुःखद रहेको उनले बताए । ‘दूरदृष्टि भएको नेता चाहिएको छ, विश्वका धेरै देशहरू केवल एक जनाले विकसित बनाएका छन्, मरुभूमिको उपमाले चिनिएको दुवईलाई शेख महमद, मलेसिया डा.महाथिर महमद, सिङ्गापुर लि क्वानयूले बनाए जस्तै अब हाम्रो पालामा नेपाललाई विकसित देशको रुपमा विकास गर्नुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment