Comments Add Comment

निर्वाचन क्षेत्र निर्धारण विधेयक संसदबाट पारित

७ चैत, काठमाडौं । व्यवस्थापिका–संसद्ले ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३’ लाई बहुमतले पारित गरेको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।बैठकमा विधेयकमाथिका संशोधनकर्ता भारतबहादुर खड्का, राजेन्द्र पाण्डे, रेवतीरमण भाण्डारी, गुरु बुर्लाकोटी, रामनारायण बिडारी, अग्निप्रसाद खरेलले फिर्ता लिएका थिए भने सांसद प्रेम सुवाल, अनुराधा थापा र मीना पुनको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएकोमा सदनको बहुमतले अस्वीकार गरेको थियो ।

विधेयकमाथि प्रमुख प्रतिपक्ष दलले राखेको अधिकांश संशोधनलाई सरकारले स्वीकार गरेको हुँदा विधेयक बहुमतका आधारमा पारित भएको हो ।

यसअघि मन्त्री नायकले ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment