Comments Add Comment

राँची टेस्टमा अष्ट्रेलियाले ‘बहादुरीपूर्वक’ भारतलाई रोक्यो

७ चैत, काठमाडाैं । भारतविरुद्धको तेस्रो टेस्ट म्याचमा अष्ट्रेलिया हारबाट जोगिएको छ । पाचौं दिनको कठिन पीचमा बहादुरीपूर्ण ब्याटिङ गर्दै अष्ट्रेलियाका ब्याट्सम्यानहरुले म्याचलाई बराबरीमा टुंग्याए ।

भारतमा कुनै पनि भ्रमणकारी टिमले पहिलो इनिङमा पछि परेर पनि खेल बराबरी गरेको २०११ पछि यो पहिलोपटक हो ।

राँचीमा आयोजित टेस्टको पहिलो इनिङमा अष्ट्रेलिया १ सय ५२ रनले पछि परेको थियो । दुई विकेटको क्षतिमा २३ रनको अवस्थाबाट अष्ट्रेलियाले पाँचौ दिनको खेल सुरु गर्‍यो । भारतीय स्पिनरले अष्ट्रेलियन ब्याट्म्यानहरुलाई धराशयी पार्ने पूर्वानुमान गरिए पनि त्यस्तो भएन ।

अष्ट्रेलियाका शन मार्स र पिटर ह्यान्ड्सकोम्बले बहादुरीपूर्वक ब्याटिङ गर्दै शतकीय साझेदारी गरेर म्याचलाई बराबरीको दिशामा लगेका थिए । मार्सले १ सय ९७ बलको सामना गर्दै ५३ रन बनाए भने २५ वषर्ीय ह्यान्डकोम्बले २ सय बलको सामना गर्दै ७२ रनमा अविजित रहे ।

भारतका रविन्द्र जडेजाले चार विकेट लिए भने रविचन्द्रन आश्विन र इशान्त शर्माको खातामा एक-एक विकेट रह्यो ।

यसअघि पहिलो इनिङमा कप्तान स्टिभ स्मिथको शतकको मद्दमा अष्ट्रेलियाले ४ सय ५१ रन बनाएको थियो । त्यसको जवाफमा चेतेश्वर पुजाराको दोहोरो शतकको मद्दतमा भारतले ६ सय ३ रन बनाएर इनिङ डिक्लेयर गरेको थियो ।

तेस्रो टेस्ट बराबरीले श्रृंखला रोचक मोडमा पुगेको छ । दुवै टिमले १-१ टेस्ट जितेको र एक टेस्ट बराबरी भएको अवस्थामा अब चौंथो तथा अन्तिम टेस्ट निर्णायक बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment