सोमबार, १५ जेठ, २०७४
OnlineKhabar.com

‘नाति जर्नेल’को गुनासो-जिन्दगीमा पहिलोपटक राज्यको लाठी खाइयो

जिजुबाजेको घर अगाडि प्रहरीको कुटाइ खाए पशुपति शम्सेर जबराले

अनलाइनखबर

पशुपति समशेर राणाको खुट्टामा लागेको चोट हेर्दै राप्रपा अध्यक्ष कमल थापा

७ चैत, काठमाडौं । तत्कालिन श्री ३ महाराज मोहन शमसेर जंगबहादुर राणाका नाति पशुपति शम्सेर जबराले जन्मिनासाथ जर्नेलको दर्जा पाएका थिए । रोलवाला राणामा ‘क’ श्रेणीका पशुपति समशेर जन्मिँदै श्री ३ महाराजका दावेदार थिए । त्यसैले उनलाई राणा शासन ढलेपछि पनि नेपाली राजनीतिमा ‘नाति जर्नेल’को नामबाट सम्बोधन गरिन्थ्यो ।

पञ्चायतमार्फत राजनीतिमा प्रवेश गरेका राणाले आफ्नो राजनीतिक जीवनमा राज्य पक्षको दमन कहिल्यै सामना गर्नु परेन । उनले राजनीतिक जीवनमा कहिल्यै आन्दोलन वा सडक संघर्ष गरेनन् । तर, ७७ वर्षको उमेर सोमबार सत्तारुढ दलको शीर्षस्त नेतृत्वको हैसियतमै उनले प्रहरीको लाठी खाए । जुन उनकै शव्दमा ‘राज्य पक्षबाट’ खाएको पहिलो लाठी हो ।

(यो समाचार पनि पढ्नुहोस्- प्रहरीको लाठी प्रहारबाट पशुपति समशेर राणा घाइते)

जिजुबाजेकै घर अगाडि लाठी खाए

संयोग पनि कस्तो भने उनकै जिजुबुबा बहादुर शम्सेर जबराको निजी निवास हाल निर्वाचन आयोग रहेको भवनको बाहिर प्रहरीले प्रहार गरेका लाठीको चोटबाट रगत बग्यो । वीर शम्सेर जबराले निर्माण गराएको चार बुर्जा दरबार बिभिन्न कालखण्डमा जुद्ध शम्सेर जबराको हातमा आएपछि जुद्धले आफ्ना छोरा बहादुर शमसेरको अंशमा दिएका थिए ।

बहादुर शम्सेरले नै यो भवनलाई जार बुर्जा दरबारबाट बहादुर भवन नामाकरण गरेका थिए । यहि भवनको अगाडि ‘नाति जर्नेल’को राजनीतिक जीवनमा राज्य पक्षबाट भएको पहिलो दमन थियो, त्यो पनि सत्तारुढ नेताकै हैसियतमा ।

बिजयबासबाट पशुपतिको प्रतिक्रिया

खुट्टामा चोट लागेपछि महारागञ्जस्थित बिजय बासमा आराम गरिरहेका राणाले अनलाइनखबरसँग भने, ‘राज्य पक्षबाट व्यक्तिगत रुपमा भोग्नु परेको यो पहिलो दमन हो, मेरो राजनीतिक जीवनमा २०४८ को चुनावमा कांग्रेस एमालेहरुबाट त ठूलो आक्रमण खेपेको हो । तर, प्रहरीले लाठी हानेको चाहिँ पहिलो नै हो ।’

पञ्चायत व्यवस्था ढल्ने बित्तिकै २०४८ सालको चुनावमा सिन्धुपाल्चोकबाट चुनाव लड्दा पञ्चायत विरुद्धको आन्दोलन जितेका दलहरुले उनीमाथि ठाउँठाउँमा हमला प्रयास गरे पनि प्रहरीले जोगाएको थियो । त्यसअघि र पछि उनले कहिल्यै पनि आन्दोलन गरेनन् । एक प्रकारले भन्ने हो भने जुन व्यवस्था वा शासनसत्ता आए पनि उनी या त सत्तापक्ष भए या त सम्झौतापरस्त राजनीति गरे ।

तत्कालीन राजाले लोकतन्त्रहरण गरेर शाही शासनको नेतृत्व गर्दा पनि उनले अरु दलले जसरी राजा विरुद्ध आन्दोलन गरेनन् ।

राजाले उनको पार्टी नै फुटाएर कमल थापालाई आफ्नो सत्तामा लिदा पनि राजाको कदमप्रति तटस्थता अपनाए । गणतन्त्र स्वीकार गरे तर, आफैं गणतन्त्रको आन्दोलनमा कहिल्यै लागेनन् ।

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा लगातार सिन्धुपाल्चोक ३ बाट पराजित भएपछि शक्ति र उमेर दुवै कोणबाट कमजोर बन्दै गएका राणाले सोमबारको घटनालाई अप्रत्याशित भने । सायद यस्तो घटना हुन्छ भन्ने बुझेका भए बयोबृद्ध नेता राणा बहादुर भवनमा लाठी खान जाने थिएनन् होला ।

आफूले लाठी खाएर घाइते हुँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीबाट आफूले सहानुभूति समेत नपाएको गुनासो पनि राणासँग रहेछ । उनले भने, ‘कुनै कारणबिना आक्रमण भयो र उहाँहरुले फोन गरेर मेरो अवस्थाबारे सोधीखोजी पनि गर्नु भएन ।’

कान्तिपथ झडपका क्रममा प्रहरीको लाठी लागेर उनको खुट्टामा चोट लागेको छ । उनलाई हानेको लाठी छेक्ने क्रममा राप्रपाका एक कार्यकर्ताको अनुहारमै चोट पनि लागेको छ ।

(यो समाचार पनि पढ्नुहोस्- निर्वाचन आयोगविरुद्ध उपप्रधानमन्त्री थापा नै धर्नामा)

हियरिङ हराएका राणाले ‘हँ ?’ भनेपछि…

पछिल्लो समय शारिरिक रुपमा पनि कमजोर बन्दै गएका राणा कान पनि कम सुन्ने भइसकेका छन् । उनले लाठी खाएर रगत बगेपछि एक प्रहरी अधिकृत ‘सरी सर, थाहा भएन’ भन्दै उनी छेउ पुग्दा राणाले ‘हँ ?’ भनेपछि मात्र उनको हियरिङ मेसिन हराएको थाहा भयो ।

कान कम सुन्न थालेपछि राणाले हियरिङ मेसिन प्रयोग गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ ।

२०७३ चैत ७ गते १७:३७ मा प्रकाशित (२०७३ चैत ८ गते ६:२७मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२५ प्रतिकृयाहरू प्राप्त
  • bishnu bhattarai लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १७:४३

    aba pitai khane estaile ho

    23
    18
    Share

  • hp rimal लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १७:५०

    यो अत्यन्त दुखद घटना हो.

    28
    26
    Share

  • राजु पौडेल लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १८:०९

    छोटो समयको अन्तरालमा यो रिपोर्ट पढ्न पाँउदा अनलाइन पत्रकारिताप्रति बिश्वास जाग्यो। अनलाइन टीमलाई यस्तै सफलता मिलिरहोस।

    23
    8
    Share

  • Arjun kumar chaudhary लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १९:१८

    Patrakar lekhak harulai mannu parxa
    madhesh ma manxe marda samachar chhpana aanakani garnele ktm ma jabo alikati chot lagda pustau sammako bayan garna bhyauxa.
    Bawstaw ma samachar le nai janatalai ullu banauxa

    27
    22
    Share

  • p shrestha लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १९:२१

    rana ji ab pradhan mantri hune lachhan dekhiyo

    18
    6
    Share

  • nayabichar लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २०:०८

    yinle jalsrot mantri hunda khimti ra bhtekosi dollar ma bechi deshlai k gare ? daka garnel.

    11
    9
    Share

  • dinesh Aatreya लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २०:३८

    राष्ट्रिय प्रजातन्त्र पार्टीकाे माग जायज छ / निर्वाचन अायाेग राजनिती दलकाे इशारामा चलेकाे सम्बैधानिक निकाय हाे किनभने अायुक्त र प्रमुख अायुक्त काे नियुक्त नै दलीय भागबण्डाकाे अाधारमा हुन्छ /नेपालमा राजतन्त्र चाहिएकाे छ/ राजतन्त्र नेपाली जनताले नभइ दलका नेताले भारतकाे इशारामा फालेका हुन/नेपाल लाइ धर्म निरपेक्ष राज्य घाेषणा गर्दा यूराेपियन यूनियनकाे अार्थिक प्रलाेभनमा परेर गरिएकाे हाे /

    57
    19
    Share

  • Prajwol bikram rana लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ०:११

    Hijo samma rastriya prajatantra party ma pashupati shamsher rana jeu lai gadatantra vanera halo birodh garni haru aja heraa tei manchey kati samma party ko lagi garna ready cha rajtantra ra rastrabaad ko lagi tara rajabadii vanni haru ahile samma sarkar ma basera mantri banera k vayo ta??? Janata le etro ragat bagauna parni vayo khai ta rastrabadi rajtantra raja sahit ko Hindu rastra wala sarkar ma basera gadatantra sanga milera k dekhauna khojya?sakchau ra sachikai rajtantra ra hindu rastra badi vaye sarkar chodera utraaa andolan ma natra esta natak na gara duniya ko jindagi sanga khelbad na gara .. waiyat ma janta lai dukha murkha netrito le garera

    0
    0
    Share

  • Prajwol rana लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ०:२४

    Hijo samma rastriya prajatantra party ma pashupati shamsher rana jeu lai gadatantra vanera halo birodh garni haru aja heraa tei manchey kati samma party ko lagi garna ready cha rajtantra ra rastrabaad ko lagi tara rajabadii vanni haru ahile samma sarkar ma basera mantri banera k vayo ta??? Janata le etro ragat bagauna parni vayo khai ta rastrabadi rajtantra raja sahit ko Hindu rastra wala sarkar ma basera gadatantra sanga milera k dekhauna khojya?sakchau ra sachikai rajtantra ra hindu rastra badi vaye sarkar chodera utraaa andolan ma natra esta natak na gara duniya ko jindagi sanga khelbad na gara .. waiyat ma janta lai dukha murkha netrito le garera

    0
    0
    Share

  • बामदेव अर्याल लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १:३६

    हाहा कत्ती हांस्नु । नाति जर्नेल ले आफ्नै जिजुबुवाको घर अगाडि नै लाठी खाएको । जंगे र जुध्दे जस्ता निरन्कुशे हरु अहिले खेत खेतमा कुहिएको आलुको रूप मा गोता खाइराको होला । पाप कर्मले ।

    0
    0
    Share

  • Mahesh लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १:४८

    Hami nepali janta murjha xau rata hami hepinxai michinxau. Hamile banayeka neta vanauda harunai hanraa kamjorii hun. Dosh arulai kina dini hami nepali janta nai kadtaxau vane euta netako vasanma dhunga hanna tayar hunxau. 200rupaiyako lagee taiyer balnaa ready hunxau ani dosh kina arulai.. Remitence le chaleko deshma jaha dinma 3ota bakashma bideshyeka nepali lash banera desh vitranxan uniharuko kunai khaber xapindaina tara euta partyko netale lathi khada pustau pustako samachar chapxau ani afulai mahan samjhinxau jay mero desh…

    0
    0
    Share

  • sanu लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते २:१०

    A 77 years old man can not push police cordon.

    0
    0
    Share

  • थिबोङ्सा याक्थुम्बा लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ४:४६

    यसपटकको गोरु चुटाई कम भयो । अर्को पटक रामधुलाईको गरेको सुन्न पाइयोस ।

    0
    0
    Share

  • sitaramtajpuriya लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ५:३५

    yasta rana shasan gareko bela dekhi ahile ko din samma jhamjheko saasan garna paau bhane tyo jamana gayo. Aba balla police ko lathi khayera aafno naitikta nai gumayo. Ahile rajsanstha chahinchha bhanne ? bolna laj mannu parne !

    0
    0
    Share

  • सिद्धराज लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ५:४०

    वृद्ध भत्ताखाएर आर्यघाट कुरी बस्न पर्ने मान्छे आन्दोलनमा गएसी यस्तै हुने त हो नि । यिनका पुर्खाको शासनकाल सम्झिए पुगी गो नि ।

    0
    0
    Share

  • mandil लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ६:५२

    कठै बरा नाति जर्नेल 😁😁!!

    0
    0
    Share

  • rajhaans लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ७:२७

    जीवनको उत्तरार्धमा नै भए पनि विगतका गल्ती केलाउनु होस् । नेपालको वर्तमान अवस्थाका लागि तपाईंहरु पनि त जिम्मेवार हुनुहुन्छ । नजिकै बसेका मित्र लोलोपोतो गरिरहेछन्, यस्तै मित्रहरु बढाउनाले हो नेपालको राजनीति दिन प्रतिदिन कुहिँदै गएको । माण्डव्य ऋषिले पनि शूलीमा चढेपछि मात्र विगतमा गरेको पाप सम्झिएका थिए । बाँकी आफैं समझदार हुनुहुन्छ, हामीले के भनौ ?

    0
    0
    Share

  • Akbar singh लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ७:४६

    Ek patak uniharukai DESH thiyo ta pustau dekhiko parichaye ta timiharu madheshi nangalai dinai paryo

    0
    0
    Share

  • Ramesh Tamang लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ८:१३

    राष्ट्रिय प्रजातन्त्र पार्टीकाे माग जायज छ / निर्वाचन अायाेग राजनिती दलकाे इशारामा चलेकाे सम्बैधानिक निकाय हाे किनभने अायुक्त र प्रमुख अायुक्त काे नियुक्त नै दलीय भागबण्डाकाे अाधारमा हुन्छ /नेपालमा राजतन्त्र चाहिएकाे छ/ राजतन्त्र नेपाली जनताले नभइ दलका नेताले भारतकाे इशारामा फालेका हुन/नेपाल लाइ धर्म निरपेक्ष राज्य घाेषणा गर्दा यूराेपियन यूनियनकाे अार्थिक प्रलाेभनमा परेर गरिएकाे हाे /

    0
    0
    Share

  • Khdk लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ८:१५

    I feel pity for grandchild of ranas regime (general sab) lol

    0
    0
    Share

  • sushila sen लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ९:५७

    K thulo Kura vayota nati jarnel le jhapad khayara ?? Jhan biodata ma yauta experience thapiyo neta ji haru jel janu jhapat khanu faidakai kura Ho . Jantako xorale goli khada ta k hi vako 6ina yo desma …..

    0
    0
    Share

  • शिवराज रुपाखेती लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १०:२९

    रा‍ .प्र. पा.नेपालकाे माग जाहेज छ नेपाल हिन्दुराष्ट नै हुनुपर्छ राजतन्त्रका विषयमा जनमत स‌ग्रह वाट नै टुङ्गाे लगाउनु पर्छ ।

    0
    0
    Share

  • Ram Prasad लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ११:०८

    K yinile latthi khanu naparne yettikAi neta Banna pahincha. Dollar Ppa ma desh lai ghata hune gari samjhauta garne yetsta lAi ta aja bhata karwahi garnu parne. Thorai bhaye pani dhanyabad yenlai bajhaune sipahi harlai

    0
    0
    Share

  • G-Rasailee लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ११:१०

    गणतन्त्र र धर्मनिरपेक्षताकाे विरुध्द राजस‌स्था र हिन्दु राज्य भन्दै हिड्नुकाे परिणाम हाे

    0
    0
    Share

  • p tiwari लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ११:२८

    राष्ट्रिय प्रजातन्त्र पार्टीकाे माग जायज छ / निर्वाचन अायाेग राजनिती दलकाे इशारामा चलेकाे सम्बैधानिक निकाय हाे किनभने अायुक्त र प्रमुख अायुक्त काे नियुक्त नै दलीय भागबण्डाकाे अाधारमा हुन्छ /नेपालमा राजतन्त्र चाहिएकाे छ/ राजतन्त्र नेपाली जनताले नभइ दलका नेताले भारतकाे इशारामा फालेका हुन/नेपाल लाइ धर्म निरपेक्ष राज्य घाेषणा गर्दा यूराेपियन यूनियनकाे अार्थिक प्रलाेभनमा परेर गरिएकाे हाे /

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this