शुक्रबार, १५ वैशाख, २०७४
OnlineKhabar.com

टेलिकमले सीडीएमए र वाइम्याक्समा थप लगानी नगर्ने, विकल्पमा फोर-जी

फोर-जीमार्फत दुबै सेवा विस्थापित गर्ने दावी

रबिन्द्र घिमिरे


७ चैत, काठमाडौं । नेपाल टेलिकमले आफ्नो सीडीएमए र वाइम्याक्स प्रविधिका लागि थप लगानी नगर्ने भएको छ । यि प्रविधिमा धेरै नयाँ ग्राहक आउन नसकेको र भएका ग्राहकले पनि सेवा त्याग्दै गएकाले टेलिकमले सीडीएमए र वाइम्याक्सलाई केही वर्षभित्र ‘फेज आउट’ गर्ने तयारी गरेको हो ।

टिलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीले अब टेलिकमले सीडीएमए र वाइम्याक्सको प्रविधिका थप ठूला लगानी नगर्ने बताइन् । फोर-जी नै टेलिकमको मुख्य हतियार भएकाले त्यसैमार्फत डाटा सेवामा केन्द्रित हुने उनको भनाइ छ ।

‘हामी अब वाइम्याक्स र सीडीएमएलाई फोरजीमार्फत नै केही वर्षभित्रै विस्थापित गर्छौं’ प्रवन्ध निर्देशक भण्डारीले भनिन्,’नयाँ प्रविधिमा जान ग्राहक आतुर छन् । हामी पुरानै प्रविधिलाई अंगालेर बसिरहने अवस्था छैन ।’

फाइबर टु होम पनि टेलिकमका सेवाको अर्को महत्वपूर्ण हिस्साा हुने भन्दै वाइम्याक्सलाई अब टेकिलमले प्रवर्द्धन नगर्ने उनको भनाइ छ ।

नेपाल टेलिकमले २ हजार ३ सय ब्यान्डमा ३० मेगाहर्ज फ्रीक्वेन्सी पाएर चार वर्षअघि नै वाइम्याक्स सेवा सुरु गरेको थियो । फोरजीकै गतिमा चल्ने वाइम्याक्स असफल किन भएको भनेर टेकिलमले विश्लेषण भने गरिसकेको छैन ।

४ वर्षमा १६ हजार ग्राहक मात्रै बटुल्न सकेपछि सकेपछि टेलिकम अब त्यसलाई त्याग्ने सोचमा देखिएको छ ।

किन भयाे असफल ?

त्यही २ हजार ३ सयको ब्याण्डमा भारतमा रिलायन्स जियोले गरेको कमाल भने टेलिकमलाई पाठ सिकाउने किसिमको छ । फोरजी सुरु गरेको एक महिना नबित्दै जियोले १ करोड ६० लाखभन्दा बढी ग्राहक रेकर्ड बनाएको थियो ।

तर, टेकिलम त्यही ब्याण्ड र त्यो भन्दा ठूलो फ्रीक्वेन्सी पाएर पनि वाइम्याक्सलाई ग्राहकसम्म पुर्‍याउन चुकेको छ । टेलिकमले वाईम्याक्सको सही रुपमा बजारीकरण गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । अब टेलिकमले ल्याएको फोर-जी भने विस्तारै लोकप्रिय हुँदैछ ।

काठमाडौं र पोखरामा सेवा सुरु भएको अवस्थामा नै फोर-जी ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाएको दावी टेलिकमको छ ।टेलिकमले ०६९ कात्तिकबाट वाइम्याक्स सेवा प्ररम्भ गरेको थियो । पछिल्लो एकवर्षका बीचमा वाइम्याक्स प्रयोगकर्ता ३ हजारले मात्रै बढेका छन् । अहिले १६ हजार प्रयोगकर्ता रहेको वाइम्याक्सको प्रयोगकर्ताको वृद्धिदर महिनामा सयको हाराहारीमा मात्रै छ ।

टेलिकमको जिएसएम सेवामा महिनमा ३ लाखसम्म ग्राहक बढेकाले अब फोरजीलाई नै विस्तार गर्ने योजनामा टेलिकम लागेको हो ।
अधिकांशमा जिल्लामा वाइम्याक्स सेवा पुगिसकेको छ । तर, पनि ग्रामीण भेगमा पनि यसको प्रयोग कमजोर छ ।

वाइम्याक्स सेवा महंगो भएको गुनासोका बीच टेलिकमले ग्रहक तान्ने किसिमका आकर्षक योजना पनि खासै ल्याउन सकेको छैन ।
इन्टरनेटका लागि मात्रै यो प्रविधि उपयोग हुने भएकाले ग्राहले यसलाई खास चासो नदिएका हुन् । यसको जडान खर्च पनि महंगो छ ।

टेलिकमले वाइम्याक्स सार्वजनिक प्रयोजन तथा स्कुल, स्थानीय निकायका कार्यालय, स्वास्थ्य चौकी लगायतमा जोडिएकोले यसले दूर्गम भेगमा निकै स्तरीय सेवा दिइरहेको दावी गरेको छ ।

सिडएमए पनि उही बाटोमा 

तर, अब ब्यवसायिक रुपमा असफल भएकाले अब यो प्रविधिलाई छाड्ने तरखरमा भने टेलिकम लागिसकेको छ । सीडीएमए प्रविधि पनि अब विश्व बजारबाट बाहिरिँदै गएको छ ।

कुनै समयम नेपालमा टेलिकमका झण्डै १४ लाख सीडीमए प्रयोगकर्ता थिए । तर, अहिले यसमा सक्रिय प्रयोगकर्ता निकै न्युन छन् । जिएसएम प्रविधिले सीडीएमएलाई अब विस्थापित नै गर्ने अवस्था बनेको छ । त्यसैले अब यसमा थप लगानी नगर्ने टेलिकमले जनाएको छ ।

२०७३ चैत ७ गते १७:४१ मा प्रकाशित (२०७३ चैत ८ गते २०:०६मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
८ प्रतिकृयाहरू प्राप्त
  • Chhedi lal लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १७:५८

    y max seba ramro 6 tar telicom ko laparabahi le garda sunya bhiko 6

    2
    1
    Share

  • Roshan Shah.Parsa @ T.u.Student लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २१:००

    fage out garne plan banayeko bhaye ,bhayeka customers ko lagani ke garne ,yedi 4g ma customers lai rupantaran garna schme layaunu parcha.

    0
    0
    Share

  • Roshan Shah.Parsa @ T.u.Student लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २१:०४

    ma pani wimax ra Evdo ko customer ho.ma satisfy chaina.
    data charges and plans are to much expensive then other internet service provider’s plan.i want pay tax nations owners NTC but ntc does not respect and responsibility to us .

    1
    0
    Share

  • एवत सारु लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ९:५४

    वाइमेक्स सेवा उत्कृष्ट छ, ग्रामिण क्षेत्रमा यसको उपयोगिता एकदमै राम्रो छ, गुणस्तरीय समेत छ, तर यसको बजारीकरण र विस्तारीकरणमा नेपाल टेलिकम चुकेको छ, विस्तार नीति फितलो छ । अनलिमेटड सेवा दिने, डिभाईसको मूल्य, सस्तो दिने, विभिन्न अफर दिने हो भने मात्र पनि यसको ग्राहक बढछ ।

    1
    0
    Share

  • SKR लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १०:०८

    WiMax Service is good but Telecom not responsible for Wimax sewa.

    0
    0
    Share

  • Arun dhamlahuwa लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते २१:१०

    Nepal KO harekk thauma NTC le 4G lagu garepaxi matra sabai customer lai ramro subidha pugxa 2 ota jilla ma matra 4G kina lagu gareko ho ntc le, 4G lagu gare paxi Nepal KO sabai thauma lagu garne kita 4G banda garne

    0
    0
    Share

  • keshab kc लेख्नुहुन्छ    |   २०७३ चैत ९ गते १५:५२

    वाइमेक्स सेवा उत्कृष्ट छ, ग्रामिण क्षेत्रमा यसको उपयोगिता एकदमै राम्रो छ, गुणस्तरीय समेत छ, तर यसको बजारीकरण र विस्तारीकरणमा नेपाल टेलिकम चुकेको छ, विस्तार नीति फितलो छ । अनलिमेटड सेवा दिने, डिभाईसको मूल्य, सस्तो दिने, विभिन्न अफर दिने हो भने मात्र पनि यसको ग्राहक बढछ ।

    0
    0
    Share

  • Anonymous लेख्नुहुन्छ    |   २०७३ चैत १० गते १७:०२

    These two technologies were not much successful because of the incompetence and vision of Nepal Telecom. WiMax is appreciated by majority of its user base but the company only sells limited packaged offer and this is sure to decline the number of subscribers. On the other hand, CDMA product C-Phone should have been encouraged to people rather than PSTN as the company lacks efficient manpower and posses very old copper networks
    And now this news on giving emphasis to 4G is a complete joke as the company has not been able to provide quality 2G & 3G services yet. This would be a suggestion to the company to develop and improve the current technologies that it posses rather than bringing new ones.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this