Comments Add Comment

मतपत्रमा प्रेमबहादुर सिंहको पार्टी पनि अटायो

७ चैत, काठमाडौं । निर्वाचन आयोगले दर्ता खारेज गरेको प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीले समेत आगामी निर्वाचनमा भाग लिन पाउने भएको छ ।

सर्वोच्च अदालतले समाजवादी जनता पार्टीलाई खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनले चुनावमा भाग लिन पाउने भएका हुन् । सर्वोच्चको फैसलासँगै निर्वाचन आयोगले मतपत्र सच्याएर सिंहको पार्टीको चुनाव चिन्ह समेत मतपत्रमा समेटेको छ ।

समाजवादी जनता पार्टीलाई आयोगले आधा चन्द्रमा चुनाव चिह्न प्रदान गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार सिंहको पार्टी समाजवादी जनता पार्टीले आगामी निर्वाचनमा २५ जिल्लामा दल दर्ता गराएको छ । सो पार्टीका उम्मेदवारहरुले २५ जिल्लामा पार्टीको चुनाव चिन्हमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

आयोगले आइतबार मतपत्रमा सिंहको पार्टीलाई समेटेको हो । आयोगका सचिव गोपीप्रसाद मैनालीले भने, ‘सर्वोच्चले समाजवादी पार्टीले जरिवाना तिर्छ भन्ने विश्वासका आधारमा अन्तरिम आदेश दिएको छ । सर्वोच्चको फैसलालाई सम्मान गर्नुपर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment