शनिबार, १४ साउन, २०७४
OnlineKhabar.com

सप्तरीमा दुई फिटसम्म असिना खस्यो, गहुँबाली र आँप नष्ट

स्थानीय भन्छन्- ३० वर्षयताकै बढी असिना पर्‍यो

७ चैत, सप्तरी । सप्तरीमा वर्षासँगै भारी असिना परेको छ । यसले सप्तरीको जनजीवन प्रभावित भएको छ । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा ठूलो मात्रामा असिना खसेको छ ।

पूर्व-पश्चिम राजमार्गमा समेत खसेको असिना दुई फिटसम्म जमेको छ । करिब एक घण्टासम्म लगातार असिना खसेको स्थानीयहरुले बताएका छन् । जिल्लाको जण्डौल, बकधुवा गाविसका साथै कञ्चनरुप नगरपालिकामा व्यापक असिना खसेको छ । जिल्ला सदरमुकाम राजविराजसहित दक्षिणी क्षेत्रमा वर्षा भएपनि सामान्य असिना खसेको छ ।

पछिल्लो तीन दशकभन्दा बढी समयपछि यत्रो असिना खसेको बताउँछन् वृद्धवृद्धाहरु । कञ्चनरुप नगरपालिकाको बेंगरी निवासी बृद्वा खडानन्द आचार्यले यस्तो असिना विक्रम सम्वत् २०४२ सालमा खसेको स्मरण गर्छन् । उनले भने, ‘त्यसयता यत्रो ठूलो असिना खसेको हालसम्म देखेको थिएन ।’

कञ्चनरुप नगरपालिकाकै रुपनगर टोल निवासी हुतराज रेग्मी एक्कासी यत्रो असिना खस्नु र वर्षा हुनुले ३० वर्षअघिको स्मरण गराएको बताए ।

सबै बाली नष्ट, किसान मर्कामा

अत्यधिक असिना र भारी वर्षाले जिल्लाको उत्तरी पूर्वी क्षेत्रमा लगाइएको बिघौंको गहुँबाली नष्ट गरेको छ । गहुँ पाक्ने बेलामा खसेको असिनाले सम्पूर्ण लगानी डुबाएको कृषकहरुले बताएका छन् । रुपनगरका किसान बिष्णु मुरारी पोखरेलका अनुसार सम्पूर्ण गहुँबाली असिनाले ढाकिएको छ ।

गहुँका साथै आँप लगायतका फलफूल समेत असिनाले नष्ट भएको छ । भर्खर फल बन्न थालेको आँपको सम्पूर्ण मजरलाई असिनाले नष्ट गरेको छ । सप्तरीको सबैभन्दा बढी आँप फल्नेमध्ये कञ्चनरुप नगरपालिका र बकधुवा गाविस पनि एक हो ।

यस्तै किसानहरुले लगाएको मुँगको दाल, बिभिन्न किसिमका तरकारीसहितका बालीहरु पनि असिनाले नष्ट गरेको छ ।

२०७३ चैत ७ गते २०:०९ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१२ प्रतिकृयाहरू प्राप्त
  • brahma लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १९:०८

    सप्तरीको असिनको छ्तिपुर्ती मावोबादी सरकारले दिनु पर्छ

    23
    17
    Share

  • Doha Qatar लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १९:२०

    Madisee harulai shidhaune ho k ho rajya le pani goli marekai xa maobadi cangrash a male pani thokekai xa ssb le pani goli marekai xa ha na trai madieehama k vairakheko xa?

    10
    12
    Share

  • Amit Lama लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २०:००

    यस्को जिम्मा नेक पा एमाले ले लिनु पर्छ ।
    भन्न बेर छैन है मोर्चा ले ।:)

    39
    12
    Share

  • nepali लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २१:०२

    कतै यो अशिना पानी ने.क.पा. एमाले कै षडयन्त्र त होइन भनेर मधेसी मोर्चा ले भन्न बेर छैन, साचै कतै बिज्ञेप्ति त निकालेको छैन??

    48
    12
    Share

  • यादव लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २१:३४

    तिमी पहाडियाहरुको बुद्धि नै यस्तै तिमीहरुको दुखमा अरुले सहानुभूति देखाउने तिमीहरु चाहिं अरुको घाउमा नून चूक हाल्ने ।
    अस्ति जाजरकोटमा कतिले ज्यान गुमाए, भूईंचालोमा कतिले ज्यान गुमाए हामीले खिस्सी गर्दैनौ त ?

    0
    0
    Share

  • Lal Babu Pandit, CCM of UML NEPAL लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २१:५१

    किसान को लागी छतीपुर्ती को अगुवाई एमाले ले गरछ |

    0
    0
    Share

  • दीपेन्द्र लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २१:५२

    मधेशमा एक आध पटक असिना पर्दा पहाड़े पाठक साथीहरुले यसरी गिज्याउने र जिस्काउने गरेका छन् तर पहाड़मा बाढी पहिरो र यत्रो भूकम्प आउँदा हामी मधेशीले जिस्काएका थियौं र?
    बरू विपतको घड़ीमा तन मन धनले साथ दिएका थियौं ।
    नेताहरूले त पहाड़े मधिशे भनेर त फूटायो फुटायो कम से कम हामी पाठक(जनता) ले त यस्तो बयानबाजी नगरौं न।
    एक कुरा याद राख्नुस
    दैवी प्रकोप देखेर हांस्नेहरु माथि एक दिन यही घड़ी अवश्‍य फर्कने छ ।

    1
    0
    Share

  • नवीन अधिकारी लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २३:५५

    यो असिना पानीले किसान लाई ठुलो मार्कामा पार्ने छ। आँपको लागि प्रसिद्ध यस् ठाँउमा ठेकेदार लगायत सबैको हानी भएको छ। यस्तो बाट जोगिन अब इन्स्योरेन्सपो गर्ने हो कि??

    0
    0
    Share

  • छोटेलाल यादव लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ७:१३

    प्रतिकूया दिने महानुभवहरू, प्रतिकूया दिदा अलि विचार पुर्वक दिनुहोला / किनकि मधेसीहरू तपाईहरु जतिको मुर्ख छैनन / एउटा मानव भएको नाताले तपाईहरु लाई पनि थाहा होला कि यो प्रकुतिले गरेको परिर्वतन हो़………….

    0
    0
    Share

  • shanta b लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १०:१४

    ha ha sathi haru pani joke garna chai aauchh hai
    pida saptari k janta lai bhaya k cha na madesi na pahade hami sabai pidit nepali janta rahat ta maobadi sarkar le ta dinchh ta sarkar ma maobadi bhaya pachhi

    0
    0
    Share

  • Puru Bro लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ११:३८

    Yetro Asina-Panil le thulo xyeti garex…asko paxadi pani AMALE ko thulo haat xa..so Yesko Jimmewari AMALE le Linu parx vanne hamlai lagirah..natra thulo aandolan hunx.

    0
    0
    Share

  • मधेशि लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १२:१२

    फिरङिहरुले त यो सप्रातरिको असिनाले त ष्टबाद खतरामा छ भने बेर छैन है र स्वाभिमान नै गुमने खतरा देखला है।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this