Comments Add Comment

दीपक र फणिन्द्र विशेष प्रशिक्षणमा

७ चैत, काठमाडौं । कराते प्रशिक्षक विशेष प्रशिक्षणमा सहभागी हुन दीपक श्रेष्ठ र फणिन्द्र ओझा सोमबार जापानको सिघा प्रस्थान गरेका छन् ।

मार्च २० देखि एक महिनासम्म चल्ने प्रशिक्षण सोतो कराते डो संघ, सिघाको आयोजनामा हुन लागेको हो । सोही अवसरमा हुने ग्रेडिङमा पनि दीपक सहभागी हुन कार्यक्रम छ । दीपक पाँचौं डान हुन् ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव केशवकुमार विष्टले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

अवसरमा सदस्य-सचिव विष्टले नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ दक्षिण एसियाली खेलकुद (साग) मा कराते समावेश हुने भएको हुँदा आठौं सागको सफलतालाई पुनः आत्मासात् गर्नेतर्फ संघले तयारी अगाडि बढाउनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment