मंगलबार, १० साउन, २०७४
OnlineKhabar.com

घाइतेहरुलाई भेटेर कमल थापाले भने- चिन्ता नलिनू, उपचारको व्यवस्था हुन्छ (भिडियोसहित)

अनलाइनखबर

७ चैत, काठमाडौं । निर्वाचन आयोग घेर्न खोज्दा प्रहरीको लाठी प्रहारबाट घाइते भएका कार्यकर्ताहरुलाई भेटेर राप्रपा अध्यक्ष कमल थापाले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

घाइतेहरुलाई भेटेर उनले कुनै चिन्ता नगर्न भन्दै उपचारको व्यवस्था मिलाउने आश्वासन दिएका थिए । उपप्रधानमन्त्री समेत रहेका थापाले चिकित्सकहरुलाई प्रभावकारी उपचार गर्न निर्देशन दिएका थिए ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न खोज्ने राप्रपाका कार्यकर्ताहरुलाई प्रहरीले हस्तक्षेप गरेको थियो । राप्रपाका अनुसार प्रहरीको लाठीचार्ज र अश्रुग्यास प्रहारबाट ३८ जना घाइते भएका छन् ।

पूर्वअध्यक्ष पशुपति समशेर राणा, कुन्ती शाही, रोशन कार्की, कोमल वली लगायत घाइते भएका छन् । वलीलाई बागबजारको मोडल अस्पतालमा भर्ना गरिएको छ । अश्रुग्यासको मारमा परेकी वलीलाई अक्सिजन दिएर राखिएको थियो ।

केहीलाई बीर अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरु धेरैजसोको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको छ ।

निर्वाचन आयोगले पार्टीको विधानबाट राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाइदिएको विरोधमा राप्रपाका नेता-कार्यकर्ताहरु सोमबार कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए । प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारीले सरकार छाडेर आन्दोलनमा आउन अध्यक्ष कमल थापालाई आग्रह गर्दै नाराबाजी गरेका थिए । झडपपछि उपप्रधानमन्त्री  कमल थापा आफैं धर्नामा बसेका थिए ।

२०७३ चैत ७ गते १६:३५ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • Arjun kumar Chaudhary लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १९:२१

    Netale feri rajyako dhukuti sidhyaune mauka fela paryo.
    1 lakh ausadhi upachar garera , karodau lukauxa aba yi netaharule

    1
    0
    Share

  • keshabraj bhandari लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १९:३५

    अव राज्यमा राजाको खाँचो खड्कीएको छ । ६०१ ले देस खानु भन्दा त १ जना राजाले खाए थोरैले अघाउने थिएकी ? राज्य वचाउन अव राजानै उत्तम उपाय हो ।

    10
    3
    Share

  • कालु ढेगा मगर लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १९:४६

    बेसर्मी राप्रपा नेताहरु कमसेकम तिन करोड नेपाली जनताको चाहना के हो भन्ने त सोंच्नु नि। सरकारमा बसेर सरकार कै बद्नाम, घाइते मात्र होइन दुई चार जना नेता मर्नु पर्ने।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this