Comments Add Comment

स्वदेशी लघुवित्तले पायो बोर्डबाट अनुमति, ३ करोडको सेयर आउने


७ चैत, काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले धितोपत्र बोर्डबाट सेयर निष्कासनको अनुमती पाएको छ । कम्पनीले सोमबार बोर्डबाट यस्तो अनुमती पाएको हो ।

कम्पनीले सेयर जारी गरेसँगै चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्ने भएको छ । बोर्डमा उल्लेख गरे अनुसार कम्पनीमा ७ करोड रुपैयाँ बराबरको संस्थापक लगानी रहेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरमा सेयर जारी गर्ने भएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । हाल ७५ जिल्लामा कार्य क्षेत्र रहेको कम्पनीले ३९ वटा जिल्लामा सेवा प्रदान गरेको छ । कम्पनीले पुससम्ममा १ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ भने २१ करोड रुपैयाँ बचत संकलन गर्न सफल भएको छ ।

पुस सम्ममा कम्पनीले १ करोड ३५ लाख नाफा गर्न सकेको वित्तीय विवरण प्रकाशित गरेको छ । गत वर्षको पुसमा ऋणत्मक रहेको कम्पनीको सञ्चिती यस पुसमा १ करोड ८१ लख धनात्मक छ । कम्पनीले अन्य वाणिज्य बैंकबाट १ अर्ब ६ करोड रुपैयाँ पुँजी प्राप्त गरेको छ । बैंकहरुले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने रकम कम्पनी मार्फत् गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment