Comments Add Comment

घरायसी उपकरण लिएर नेपाल आयो ‘हिटाची’,यूनिभर्सल इलेक्ट्रोकमले थाल्यो बिक्री


७ चैत, काठमाडौं । हिटाचीले नेपालमा आफ्ना इलेक्ट्रोनिक्ससँगै घरायसी उपकरणको बिक्री औपचारिक रुपमा सुरु गरेको छ । यूनिभर्सल इलेक्ट्रोकम लक्की ग्रुपमार्फत हिटाची ब्राण्डको समानको बिक्री शुभारम्भको घोषणा भएको हो ।

हिटाची जापानको नम्बर १ घरायसी उपकरणको ब्राण्ड हो । ख्यातिप्राप्त विभिन्न व्यक्तित्व सेलिब्रेटी तथा अधिकारीहरुको बाक्लो उपस्थितीमा हिटाचीको ब्राण्ड सार्वजनिक भएको छ ।

हिटाची जापानका प्रतिनिधिले यूनिभर्सल इलेक्ट्रोकमसँग व्यापारीक साझेदारी रहेको बताउँदै आगन्तुकलाई प्रोडक्टको बारेमा समेत जानकारी दिए ।

हिटाची प्राविधिक गुणले उच्च रहेकोले यो विभिन्न रुपले विश्व प्रख्यात हुनुका साथै टिभी, एयर कन्डिसनर,रेफ्रीजेरेेटर, भ्याकुम क्लिनर तथा ग्याँस चुल्हो नेपाली बजारमा भित्रयाएको छ ।

यूनिभर्सल इलेक्ट्रोकमका सिइओ ललित मिश्रका अनुसार नेपाली बजारमा हिटाचको प्रोडक्टले ठूलो व्यापारीक हिस्सा ओगट्नेछ ।
उनले यसले नेपाली उपभोक्ताको मन जित्ने पनि बताए । यसको ऐतिहासिक विश्वव्यापी सफलताले गर्दा नेपालमा पनि धेरै सम्भावना रहेको उनको दावी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment