शनिबार, ७ साउन, २०७४
OnlineKhabar.com

प्रहरीको लाठी प्रहारबाट पशुपति समशेर राणा घाइते (भिडियोसहित)

अनलाइनखबर

७ चैत, काठमाडौं । निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएकाबेला प्रहरीसँगको झडपमा राप्रपाका पूर्वअध्यक्ष पशुपति समशेर राणा घाइते भएका छन् । पूर्वमन्त्रीसमेत रहेका राणाले जुलुशको अगुवाई गरिरहेका थिए ।
शान्तिवाटिकाबाट अघि बढेको जुलुस कान्तिपथस्थित निर्वाचन आयोगको गेट नजिकै पुगेपछि प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा प्रहरीले अश्रुग्यास हान्नुका साथै लाठीचार्ज समेत गरेको थियो ।पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपा नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए ।

राणाको खुट्टामा चोट लागेको छ । उनलाई तत्कालै राप्रपाका कार्यकर्ता र प्रहरीहरु मिलेर उद्धार गरेका थिए ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रहरीको लाठी प्रहारबाट राणासहित सांसद कुन्ती शाही, प्रवक्ता रोशन कार्की लगायत घाइते भएका छन् ।

हेर्नुहोस् झडपको भिडियो 

२०७३ चैत ७ गते १४:१८ मा प्रकाशित

२०७३ चैत ८ गते १:५० मा प्रकाशित (२०७३ चैत ७ गते १९:०३मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • भरत प्रशाद नेपाल, नक्साल, काठमाडौं लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १२:४८

    कुनै पनि पार्टीको आ-आफ्नै विधान र घोषणा हुन्छ, विधान र घोषणामा निर्वाचन आयोगलाई के मतलब ? निर्वाचन आयोगको काम चुनाव गराउने मात्र हो, अर्काको विधान र घोषणामा हस्तक्षेप गर्ने किन ? के निर्वाचन आयोगले पनि नेताहरुले जस्तै विदेशी हुन्डी प्राप्त गरे कि क्या हो कि कसो ? यस्ता निर्वाचन आयोगका आयुक्तहरुले धाँधलीरहित निस्पक्ष चुनाव गराउला भन्न सक्दैन । किनकि निर्वाचनमा धाँधलीको गन्ध अाइसक्यो, यदि यस्तै अवस्थामा चुनाव भयो भने शान्ति देश नेपालमा इराक, सिरिया, लेबनान जस्तो नहोला भन्न सक्दैन कि कसो ?

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this