Comments Add Comment

घाइतेहरुलाई भेटेर कमल थापाले भने- चिन्ता नलिनू, उपचारको व्यवस्था हुन्छ (भिडियोसहित)

७ चैत, काठमाडौं । निर्वाचन आयोग घेर्न खोज्दा प्रहरीको लाठी प्रहारबाट घाइते भएका कार्यकर्ताहरुलाई भेटेर राप्रपा अध्यक्ष कमल थापाले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न खोज्ने राप्रपाका कार्यकर्ताहरुलाई प्रहरीले हस्तक्षेप गरेको थियो । राप्रपाका अनुसार प्रहरीको लाठीचार्ज र अश्रुग्यास प्रहारबाट ३८ जना घाइते भएका छन् ।घाइतेहरुलाई भेटेर उनले कुनै चिन्ता नगर्न भन्दै उपचारको व्यवस्था मिलाउने आश्वासन दिएका थिए । उपप्रधानमन्त्री समेत रहेका थापाले चिकित्सकहरुलाई प्रभावकारी उपचार गर्न निर्देशन दिएका थिए ।

पूर्वअध्यक्ष पशुपति समशेर राणा, कुन्ती शाही, रोशन कार्की, कोमल वली लगायत घाइते भएका छन् । वलीलाई बागबजारको मोडल अस्पतालमा भर्ना गरिएको छ । अश्रुग्यासको मारमा परेकी वलीलाई अक्सिजन दिएर राखिएको थियो ।

केहीलाई बीर अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरु धेरैजसोको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको छ ।

निर्वाचन आयोगले पार्टीको विधानबाट राजसंस्था

र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाइदिएको विरोधमा राप्रपाका नेता-कार्यकर्ताहरु सोमबार कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए । प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारीले सरकार छाडेर आन्दोलनमा आउन अध्यक्ष कमल थापालाई आग्रह गर्दै नाराबाजी गरेका थिए । झडपपछि उपप्रधानमन्त्री  कमल थापा आफैं धर्नामा बसेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment