मंगलबार, ३ असोज, २०७४
OnlineKhabar.com

आईजीपी विवादः डीआईजी अर्याल पनि अदालत पुगे, आफूलाई महानिरीक्षक बनाउन माग

अनलाइनखबर

डीआईजी प्रकाश अर्याल

७ चैत, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदका लागि सर्वोच्च अदालतमा चलिरहेको विवादमा तेस्रो पात्रको प्रवेश भएको छ ।

डीआईजी जयबहादुर चन्द र नवराज सिलवालको मुद्दाको पूर्ण इजलासमा बहस सकिएकै दिन अर्का डीआईजी प्रकाश अर्यालले रिट दायर गरेका हुन् ।
तर, त्यही दिन अर्यालले आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै रिट दायर गरेका छन् । उनले आइतबार नै रिट दायर गर्न चाहेका थिए । तर, सर्वोच्च प्रशासनले दिनभर कुराएर पनि दर्ता नगरेको उनको गुनासो छ ।चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णयविरुद्ध अधिवक्ता कपिलदेव ढकाल र डीआईजी सिलवालले दायर गरेको रिटमा प्रधानन्यायाशीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा बहस सकिएको छ । र, भोलि फैसला सुनाउने तय भएको छ ।

सोमबार दायर भएको रिटमा चन्द र सिलवालको मात्र कार्यसम्पादन मूल्यांकन झिकाउने सर्वोच्चको आदेशले आफू अन्यायमा परेको अर्यालले जिकिर गरेका छन् ।

साथै उनले चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय बदर गरी आफूलाई आईजीपी बढुवा गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न र बढुवा गरी पदस्थापन गर्न सरकारको नाममा परमादेश दिन माग गरेका छन् ।

दोस्रो बरियतामा रहेका डीआईजी अर्यालले रिटको टुंगो नलागेसम्म प्रहरी महानिरीक्षकमा कसैलाई बढुवा नगर्न अन्तरिम आदेशको पनि माग गरेका छन् ।

२०७३ चैत ८ गते ४:१० मा प्रकाशित (२०७३ चैत ७ गते १९:०८मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this