Comments Add Comment

शाखा खोल्न ब्रोकरलाई नेप्सेको अल्टिमेटम, धितोपत्रले प्रक्रिया नरोकी नयाँ मापदण्ड तोक्ने


७ चैत , काठमाडौं । नेप्सेले सेयर ब्रोकरहरुलाई सम्पूर्ण मापदण्ड पुरा गरेर २०७४ बैसाख १५ गतेसम्म शाखा (आरडब्लुएस/रिमोट वर्क स्टेशन) सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

नेप्सेले केही आवेदक सदस्य दलालहरुबाट तोकिएको मापदण्ड पूरा गरेको विवरण प्राप्त हुन नआएको भन्दै यो अवधिभित्र मापदण्ड पूरा गरेर सञ्चालनमा आउन निर्देशन दिएको छ । यो मितीभित्र आवेदन दिएका सबै ४१ वटा ब्रोकरले आरडब्लुएसको सञ्चालन गरिसक्नुपर्ने भएको हो ।

नेप्सेले हाल तोकेको मापदण्ड अनुसार ब्रोकर कम्पनीहरुले आरडब्लुएस खोल्न सक्ने र आफुले त्यसमा हस्तक्षेप नगर्ने धितोपत्र बोर्डले बताएको छ । तर बोर्डले पनि नयाँ मापदण्ड भने तोक्ने भएको छ । बोर्डका कार्यकारी निर्देशक मुक्तानाथ श्रेष्ठका अनुसार ब्रोकरहरुले अहिलेको प्रक्रिया अनुसार नै यस्तो शाखा खोल्न सक्ने तर क्रमशः बोर्डले तोक्ने नयाँ मापदण्ड पनि पुरा गर्दै जानुपर्ने हुन्छ ।

बोर्डले चुक्ता पुँजी लगायत अन्य पुर्वाधारको लागि निश्चित मापदण्ड बनाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment