शुक्रबार, १२ जेठ, २०७४
OnlineKhabar.com

भगवान विष्णु किन सर्पको ओछ्यानमा सुत्छन् ?

अनलाइनखबर

कुनै चित्रमा हेरौ, टेलिभिजनमा हेरौ भगवान विष्णु विभिन्न अवतारमा देखिन्छ । कुनैमा उनी गरुडमा सवारी भएको देखिन्छ, कुनैमा शंख, चक्र, गदा, पद्मा साथ देखिन्छ । कति चित्रमा चाहि उनी सर्पको ओछ्यानमा आरमले सुतेको देखिन्छ ।

हिन्दु धर्मले यो विशाल सर्पलाई शेषनाग भनेको छ । यस चित्रणको खास महत्व छ ।

भगवान विष्णुले केहि अवतार लिएका छन् । उनलाई पापको सागरबाट दुनियाँलाई मुक्त गर्ने प्रतिकको रुपमा मानिन्छ । भगवान विष्णुको वाहन त गरुड हो । तर, शेषनाग पनि उनको प्रत्येक अवतारमा जोडिएको छ ।

समयको मार्गदर्शक

जब संसारमा पाप बढेर गएको थियो, तब विष्णुले विश्वको उद्वार गरेका थिए । शेषनाग ‘अनन्त’ अर्थात जसको कुनै सीमा छैन, त्यसको प्रतिक हो । भगवान विष्णुले उपयुक्त समयमा मानव जातिको मार्गदर्शन गरेको थियो । यहि कारण उनी सर्पले लपेटिएको देखाइएको हो ।

विष्णुको अभिव्यक्ति

हरेक पटक संसारलाई मुक्त गर्नका लागि विष्णुले केहि रुप र आकारमा जन्म लिए । हिन्दु धर्मका अनुासर शेषनाग भगवान विष्णुको उर्जाको प्रतिक हो, जसमा उनी आरम गर्छन् ।

सबै ग्रह बस्ने आसन

हिन्दू पौराणिक कथा अनुसार शेषनागले आफ्नो कुन्डलीमा सबै ग्रहलाई राखेको छ । र, उसले भगवान विष्णुको मन्त्रोच्चारण गर्छ । यदि भगवान विष्णु सम्पूर्ण बम्हान्ड, ग्रह र तारको प्रतिको हो ।

विष्णुको रक्षक

शेषनाग भगवान विष्णुको केवल आरम गर्ने स्थान मात्र होइन, रक्षक पनि हो । त्यस समयमा भगवान कृष्णलाई जव उनको पिता वासुदेवले जन्मनसाथ जेलबाट घरमा लादै थिए, त्यसबेला शेषनागले तुफानबाट रक्षा गरेका थिए । अर्थात शेषनाग एक रक्षक पनि हुन् ।

शेषनागको साथ

नराम्रो एवं खराब शक्तिलाई नष्ट गर्ने क्रममा शेषनागले भगवान विष्णुको साथ दिए । त्रेता युगमा शेषनागले लक्ष्मणको रुप लिएको थियो, द्वापर युगमा बलरामको रुप । र, दुबै जन्ममा उनले राम र कृष्णको साथ दिएका थिए ।

२०७३ चैत ७ गते २०:१४ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • Rabin thapa लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २०:४३

    Jaya vagawan bisnu

    12
    2
    Share

  • Hari Bikram Shah लेख्नुहुन्छ    |   २०७३ चैत ११ गते ७:४८

    Narayena

    2
    1
    Share

  • laxmi Tiwari लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १७:१६

    jaja vagwan shree bishnu ji hami sabaiko kalyanr garnus

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this