Comments Add Comment

नयाँ काम सुरु गर्नुअघि थाहा पाउनुहोस् चाणक्यको यी सुत्र

 

चाणक्य एक बुद्धिमान, चतुर र प्रसिद्ध अर्थशास्त्री थिए । कुनैपनि नयाँ काम गर्नुअघि के गर्ने ? उनै चाणक्यको सूत्र यहाँ उल्लेख गरिएको छ । किनभने कुनैपनि काम प्रारम्भ गर्नुअघि हामीलाई द्विविधा हुन्छ, त्यसले सफलता दिलाउला कि असफलता ?

आफुले सुरु गरेको कामबाट निर्धक्क सफलता हासिल गर्नका लागि चाणक्यको यी सुत्र मनन गर्नैपर्छ ।

सधै राखौं सकारात्मक सोंच

चाणक्यका अनुसार कुनैपनि नयाँ काम सुरु गर्नुअघि सोंच सकारात्मक हुनुपर्छ । त्यसबाहेक आफुले काम गर्ने समय, स्थान, लगानीबारे पनि हेक्का राख्नुपर्छ । आफुलाई उत्त काममा सहयोग गर्ने कति व्यक्ति छन् ? यसबारे पनि जान्नुपर्छ ।

आफ्नो क्षमताको हिसाब लगाउनुपर्छ

आफुले हात हाल्न लागेको काम कस्तो प्रकृतिको हो ? जान्नैपर्छ । काम गर्नुअघि आफ्नो क्षमताको पनि आंकलन गर्नुपर्छ । यदि त्यसो गरिएन भने कहिं न कहिं समस्यामा फसिन्छ ।

बोली, व्यवहार बदलौं

रुखो बोली र व्यवहार कसैलाई रुचीकर हुदैन । त्यसैले सबैको अगाडि सौहार्द्धपूर्ण ढंगले प्रस्तुत हुने अभ्यास गरौं । जति मीठो बोली बोलिन्छ, जति मीठो व्यवहार गरिन्छ, उत्तिनै सफलता हात लाग्ने हो ।

सत्रुलाई साथी बनाउने

सबैसँग राम्रो व्यवहार गरेपछि तपाईको सत्रु कोहि हुँदैन । कसैसँग बदलाको भावनाले वा देखासेखीका लागि कुनैपनि काम नगरौं ।

शरीरको पनि ख्याल गरौं

कामको चक्करमा लागेर हामी शरीरको ख्याल गर्न भुल्छौ । यद्यपी शरीर जति स्वास्थ्य भयो, जति तन्दुरुस्त भयो, उत्तिनै पर्फमेन्स बढ्ने हो ।

गोपनियता अपनाउने

आफुले कस्तो काम सुरु गर्न लागेको हो ? यसको आइडिया अरुलाई शेयर नगरौ । आफ्नो योजना दोस्रो व्यक्तिलाई बताउनु हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment