Comments Add Comment

के छ ७ अंकको रहस्य ! किन भनिन्छ लक्की ७ ?

ज्योतिषका अनुसार प्रत्येक अंकको महत्व छ । जस्तो १ अंक सूर्यको, २ अंक चन्द्रको, ३ अंक गुरुको, ४ अंक राहुको, ५ अंक बुधको, ६ अंक शुक्रको, ७ अंक केतुको, ८ अंक शनिको र ९ अंक स्वामी ग्रह मंगलको । मूलअंक, भाग्यअंक र जन्मअंकबाट ज्योतिषिय गणना गरिन्छ । यद्यपी यहाँ ७ अंकको चर्चा गरिन्छ ।

धर्ममा ७ अंक

–     हिन्दु धर्ममा ७ ऋषिको परिकल्पना गरिएको छ ।

–     इस्लाम धर्ममा ७ जमिन र ७ आकासको परिकल्पना गरिएको छ ।

–     ब्रेस्लोभ परम्परामा ‘द ७ क्यान्डिल’को संकल्पना छ, जसमा अनुहारको सात अंग, २ आँखा, २ नख, २ कान र १ मुख राखिएको छ ।

–     प्रयेक ७ बर्षमा ७ पटक ह्याप्पी डे आउँछ ।

–     कुल ७ स्वर छ ।

हिन्दु धर्ममा ७

सप्तऋषि- कष्यप, भारद्वाज, गौतम, अगस्त्य, वशिष्ट ।

सात छन्द- गायत्री, वृहत्ती, उष्ठिक, जगती, त्रिष्टुप, अनुष्टुप र पंक्ति ।

सात योग- ज्ञान, कर्म, भक्ति, ध्यान, राज, हठ, सहज ।

सात भूत- भूत, प्रेत, पशिाच, कूष्मान्डा, बह्राराक्षस, वेताल र क्षेत्रपाल ।

सात वायु- प्रवह, आवह, उद्वह, संवह, विवाह, परिवह, परावह ।

सात द्विप- जम्बू्द्वीप, पलक्ष द्वीप, कुश द्वीप, शालमाली द्वीप, क्रैंच द्वीप, शंकर द्वीप, पुष्कर द्वीप ।

सात पाताल- अतल, वितल, सुतल, तलातल, महातल, पाताल र रसातल

सात लोक- भूलोक, भूवलोक, स्वलोक, महलोक, जनलोक, तपोलोक सत्यलोक ।

सात समुन्द्र- श्रीरसागर, दुधीसागर, घृतसागर, पयान, मधु, मदिरा, लहू ।

सात पर्वत- सुमेरु, कैलास, मलय, हिमालय, उदयाचल, अस्ताचल, सापेल ।

सप्त पुरी- अयोेध्य, मथुरा, माया -हरिद्वार), काशी, काँची, अवंतिका र द्वारका ।

गणितमा ७

–     ७ चौथो प्राइम नम्बर

–     ७ लाई दोस्रो सबैभन्दा भाग्यशाली प्राइम नम्बर

–     ७ तेस्रो ल्यूका प्राइम नम्बर

विज्ञानमा ७

–     ७ नाइट्रोजनको एटामिक नम्बर ।

–     पीरियोडिक टेबलको ७ ग्रुपमा मिल्छ हलोजन ।

खगोलशास्त्रमा ७

–     सौर्य प्रणालीका ७ सदस्य-सूर्य, चन्द्र, मंगल, बुद्ध, सुक्र, बृहस्पती र शनि ग्रह ।

–     उरसा मेजर समूहमा ७ तारा छ ।

प्रविधिमा ७

–     रुसको कजाकिस्तानको अन्तर्राष्ट्रिय डाइरेक्ट फोन कल सेवाको कोड ७ हो ।

–     अमेरिका र क्यानडाको फोन नम्बरको संख्या ७ छ ।

–     ओएसआइ मोडलको ७ स्तर हुन्छ ।

क्लासिकमा ७

–     रोमका ७ पहाड छन् ।

–     प्रगतिशिल कलाको ७ विधा छन् ।

–     सात आश्चर्य छ ।

–     रोमन इतिहासका ७ बादशाह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment