Comments Add Comment

ब्रुनई ओपन एथलेटिक्समा सोमलाई स्वर्ण

७ चैत, काठमाडौं । ब्रुनईमा भएको ब्रुनई ओपन एथलेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमालले स्वर्ण जितेका छन् ।

४ सय मिटर दौडमा पनि सहभागी सोमले उक्त स्पर्धामा रजत जितेको नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन् । दुईदिने प्रतियोगितामा सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ पुरुषमा उत्कृष्ट खेलाडी चुनिएका सोमले मार्च १८ तारिखमा स्वर्ण र मार्च १९ मा रजत जितेका थिए ।

सोम बाहेक प्रतियोगितामा यामसाजन सुनारले पनि प्रतिस्पर्धा गरेका थिए । याम १ सय मिटर दौडमा पाँचौं र २ सय मिटर दौडमा छैटौं स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment