Comments Add Comment

स्पेनमा दूताबास खोल्ने निर्णय कसैले खारेज गर्न सक्दैनः नारायणकाजी

बार्सिलोना । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्पेनमा नेपाली दूताबास खोल्ने निर्णय कसैले पनि खारेज गर्न नसक्ने बताएका छन् । उनले स्पेनमा दूताबास खोल्ने निर्णय छिट्टै कार्यान्वयन हुने भन्दै स्पेनबासी नेपालीलाई ढुक्क हुन आग्रह गरे ।

नेपाली जनप्रगतिशील मञ्च स्पेनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘अब कुनै पनि निर्णयले स्पेनमा दूताबास खोल्ने प्रक्रिया पछाडि हट्दैन ।’

नेकपा माओबादी केन्द्र अन्तर्राष्ट्रिय ब्युरो प्रमुख समेत रहेका नेता श्रेष्ठले अबको दुईदेखि तीन महिनाभित्रै स्पेनमा नेपाली दूताबासको झण्डा फहराउने पनि बताएका छन् ।

दूताबास खोल्ने प्रक्रिया कहाँ पुगेको छ ?

नेपाल सरकारले दूताबास खोल्ने प्रक्रिया अगाडि बढाउँदै औपचारिक पत्र स्पेन सरकारलाई पठाइ सकेको नेता श्रेष्ठले जानकारी दिए । ‘ अब १५ दिन वा एक महिनाभित्रमा स्पेन सरकारबाट सहमति आउछ,त्यसपछि अहिलेको निर्णयले पूर्णता पाउँने छ ।’ उनले भने, ‘सामान्यत शत्रु दर्ज गरिएका देशहरुको अबस्थामा मात्रै कुनै देशले दूताबास खोल्ने निर्णय गरेपछि पनि सहमति नदिने स्थिति हुन्छ तर यस्तो मित्रवत सम्बन्ध भएको स्पेनले दूताबास खोल्ने बिषयमा खुशी प्रकट गर्दै स्वागत गर्छ ।’ स्पेनका लागि राजदूत पनि नियुक्त भईसकेकाले प्रक्रिया झनै छिटो हुने भन्दै नेता श्रेष्ठले स्पेनबासीलाई ढुक्क भएर बस्न अनुरोध गरे ।

पहिले किन रोकियो ?

परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दा टोली बनाए नयाँ दूताबास खोल्ने सूचीमा ओमन, बहराईन र स्पेन परेको नेता श्रेष्ठले स्मरण गरे ।

‘तीन वटा देशमा दूताबास खोल्न आबश्यकता जनाएपछि मैले नै प्रस्ताव मन्त्रिपरिषद् लगेको हूँ, तर कार्यान्वयन भएन’ उनले भने, ‘मैले तीनवटै देशमा एकैचोटि गरौं भनेको तर मेरो प्रस्तावविपरीत स्पेनलाई दोस्रो चरणमा कार्यन्वयन गर्ने सहमति भयो ।’

मञ्चका अध्यक्ष गंगाप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कायक्रममा माओवादी केन्ऽका युवा नेता दिपेश पुन, एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ, पर्यटनदूत दीपक खरेल, जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्र प्रसाद शर्मा, प्रबासी नेपाली मञ्च स्पेनका अध्यक्ष दिनेश गुरुङ लगायतले धारणा राखेका थिए ।

मञ्चका महासचिव अर्जुन आचार्यले संचालन गरेको कार्यक्रममा स्पेनबासी नेपालीहरुले देशका पछिल्ला घटनाक्रमका बारेमा नेता प्रकाशलाई जिज्ञासा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment