Comments Add Comment

प्रभु इन्स्योरेन्सको चैत ३० बाट हकप्रद


८ चैत, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चैत ३० देखि जेठ २ गतेसम्म २ बराबर १ अनुपातमा हकप्रद जारी गर्ने भएको छ ।

यो हकप्रद प्रभु बैंकको बिभिन्न शाखा कार्यालय र प्रभु क्यापिटल कमलादीबाट आवेदन दिन सकिने छ । यो हकप्रद जारीपछि बैंकको चुक्ता पुँजी ५७ करोड ७५ लाख रुपैयाँ पुग्ने छ । कम्पनीले प्रकाशित आवहान पत्रमा भने आव २०७५/७६ सम्ममा चुक्ता पुँजी ७२ करोड रुपैयाँ पुग्ने उल्लेख गरेको छ । यस आधारमा हेर्दा लगानीकर्ताले हकप्रद जारी पछिको पहिलो वर्ष करिब १० प्रतिशत र दोस्रो वर्ष करीब १३.४० प्रतिशत बोनस वा हकप्रद प्राप्त गर्ने छन् ।

यो पनि हेरौं :  प्रभु इन्स्योरेन्सको शाखा नयाँ सडकमा, आगामी आव अन्त्यमा चुक्ता पुँजी १ अर्ब पुर्याउने

कम्पनीको प्रकाशित तेस्रो त्रेमाशको वित्तीय विवरण अनुसार २ करोड ९२ लाख रहेको छ । खुद बीमा शुल्क आर्जन २२ करोड २५ लाख रहेको छ । यो अवधिमा प्रतिसेयर नेटवर्थ १ सय ९२ रुपैयाँ, प्रतिसेयर आम्दानी १५ रुपैयाँ रहेको छ ।

कम्पनीको हालको वित्तीय अवस्था र भविष्यको सम्भावना लगायत समष्ठिगत आधार हेरेर रेटिङ कम्पनी इक्रा नेपालले यो हकप्रदलाई ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको अवस्था आधारभुत पक्षभन्दा कमजोर हरेको संकेत गर्छ ।

सकारात्मक पक्ष

प्रभु समूह सम्बद्धको लगानी (३९ प्रतिशत)
बलियो संस्थागत संस्थापक (नागरिक लगानी कोषको १५ प्रतिशत सेयर स्वामित्व)
प्रत्याभुती क्षमतामा वृद्धि (आफ्नो दायित्व दर÷रिटेनशन रेट ५७ प्रतिशत,यो क्षमता समग्र क्षेत्रकोभन्दा बढि)
मोटर बीमामा रिटेनशन रेट बढि
कमिशन खर्चमा कमि
नेटवर्थमा प्रतिफल वृद्धि (हाल २१ प्रतिशत)
प्रिमियम शुल्कबाट हुने खुद आम्दानीमा वृद्धि
पुनरबीमा कमिशनबाट हुने आयमा सुधार

नकारात्मक पक्ष

व्यवसायमा मध्यम वृद्धि (ग्रस प्रिमियम रिर्टन ९ प्रतिशतले वृद्धि)
कमजोर प्रतिस्पर्धी क्षमता
संस्थागत ग्राहकमा बढि भर
भुकम्पपछिको क्षतीमा पुनर बीमा कम्पनी मार्फत् राम्रो व्यवस्थापन तर भुक्तानीमा ढिलाईले भने भविष्यमा यस्तै समस्या आएमा के हुने दुविधा
कम्पनीले गरेको लगानीको प्रतिलब्धिदर (प्रतिफल)मा गिरावट
मध्यमस्तरको खेलाडी (तीन वर्षयता बजार हिस्सा ५ प्रतिशत)
नाफाको वृद्धिदरमा सुस्ति

अन्य जानकारी

१९ शाखा सञ्जाल

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment