Comments Add Comment

सुनील र चन्दनले सुटिङ गर्न नमानेपछि रोए कपिल


छोटो समयमै आफ्नो कमेडी शोका कारण स्टार बनेका बलिउडका चर्चित कमेडियन कपिल शर्मा अब भने ठूलै समस्यामा फसेका छन् । बारम्बार समस्या झेल्ने गरेका कपिल अहिले भने आफ्नै कारणले ठूलो समस्यामा परेका हुन् ।

आफ्नै शोका सहकर्मीहरुलाई मनपरी बोलेर, कुटपिटमै उत्रिएपछि कपिल अहिले समस्यामा परेका हुन् । केही दिन अगाडि अष्ट्रेलियाबाट फर्कने क्रममा उनले आफ्नो शो ‘द कपिल शर्मा शो’ का दुई सहकर्मी सुनील ग्रोवर र चन्दन प्रभाकरलाई मनपरी भनेका थिए । साथमा सुनील र चन्दनलाई उनले ‘नोकर’ समेत भन्न भ्याएका थिए ।

यसपछि सुनील र चन्दनले शो छाडेको चर्चा भैरहेको छ । सोमबार ‘द कपिल शर्मा शो’ मा ‘नाम शबाना’ को टिम प्रमोशनका लागि पुगेका थिए । तर, सुनील र चन्दनले कपिलको साथमा शो सुटिङ गर्न अस्वीकार गरेका छन् । लामो समयसम्म यी दुईलाई फकाउने कोसिस गरे पनि उनीहरु शोमा गएनन् । जसका कारण, शोको सुटिङ नै रद्द गरिएको छ ।

सुटिङ रद्द भएपछि सञ्चालक कपिल शर्मा निकै दुःखी देखिएका थिए । उनी, चलचित्र ‘नाम शबाना’ का कलाकार मनोज बाजपेइको अगाडि रोएका थिए ।
कपिलले सुनील र चन्दनलाई फोन गरेका थिए । तर, दुवैले कुनै पनि जवाफ दिएनन् । सोनी टीभीले कपिल, सुनील र चन्दनबीचको झगडा मिलाउने जिम्मा सिद्धूलाई दिएको थियो । तर, यसरी पनि सम्भव हुन सकेन । चन्दनले आफूहरु ‘नोकर’ भएको र आफूहरुको औकात राम्रोसँग बुझेको भन्दै जवाफ फर्काएका थिए ।

कपिलले ट्विटरमार्फत सुनीलसँग माफी पनि मागेका छन् । उनले लेखेका छन्- ‘मैले जानी नजानी कुनै गल्ती गरेर तिमीलाई चोट पुर्‍याएको छु भने माफी माग्न चाहन्छु । तिमी राम्रोसँग बुझ्छौ, तिमीलाई म कति प्रेम गर्छु । म निकै दु:खी छु । सधैं-सधैं प्रेम र शुभकामना ।’

सुनीलले भने कपिललाई सफलताको शुभकामना दिएका थिए । उनले, यो शो ‘कपिल’ को मात्रै भएको आफूले बल्ल बुझेको र आफूहरु जुनसुकै बेला पनि निकालिन सक्ने बताएका छन् । सुनीलको ट्विटपछि कपिलसँग उनी मिल्ने र शोमा फर्कने सम्भावना न्यून देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment