Comments Add Comment

घोडा होइन, जब सिंहमा चढेर बिहे गर्न गए बेहुला

तपाईंले घोडा, हात्ती, बग्गी तथा कारमा जन्ती गएको त देख्नुुभएको छ । तर, के तपाईंले कहिल्यै बिहेमा बेहुलोलाई सिंहमा चढेर जन्तीसँगै गएको देख्नुुभएको छ ?

बिहेको दिन हिंस्रक सिंहमा चढ्ने मूूर्खता कसले गथ्र्यो र ? तर पाकिस्तानमा भने बेहुुलालाई सिंहमा चढाएर भव्य बिहे सम्पन्न गरिएको छ । त्यहाँ बेहुलो सिंहमा चढेर जन्ती लिएर बेहुुलीको घर पुुगेका हुन् ।

त्यो कुनै खेलौना सिंह थिएन । सक्कली सिंह नै थियो । जंगली सिंह झैँ रिसाहा पनि थियो । तर, त्यो सिंहमा चढेरै बेहुली लिन जाने आँट बेहुलाले गरे । यस्तो आँट गर्नुको प्रमुख कारण चाहीँ के थियो भने त्यो सिंह पिँजडाभित्र थियो र आक्रमण गर्न सक्दैनथ्यो ।

पाकिस्तानको मुुल्तानमा खिचिएको उक्त बिहेको भिडियो हालैका दिनहरुमा खुबै चर्चित बनेको छ ।

शेह इरफान नामका ती युवकको इच्छा शेरमा चढेर बिहे गर्ने थियो । उनका धनाढ्य बाउ शेख हस्मतले छोराको इच्छा पूरा गर्न कुनै कसर बाँकी राखेनन् । उनले चिडियाघरबाट सिंह मगाएर त्यसलाई पिँजडामा राखे । उक्त पिँजडालाई गाडीमा राखियो र पिँजडामाथि बेहुुला बसे । जन्तीहरुले भव्य रुपमा नाचगान गरिरहेको भिडियोमा देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment