Comments Add Comment

अमेरिकाले आठ देशका विमानबाट ल्यापटप र ट्याब्लेट ल्याउन नदिने

८ चैत, काठमाडौं । अमेरिकाले आठ मध्यपूर्वी तथा उत्तर अफ्रिकी राष्ट्रका उडानबाट आउने लगेजमा ल्यापटप, ट्याब्लेट जस्ता विद्युतीय उपकरणहरु ल्याउन प्रतिवन्ध लगाउने भएको छ ।

अमेरिकी सरकारको एक सूत्रले बीबीसीलाई बताएअनुसार यो प्रतिवन्धले १० वटा विमानस्थलमा सञ्चालन हुने नौ वटा एयरलाइन्सहरु प्रभावित हुनेछन् ।

गुप्तचर निकायद्वारा विभिन्न देशबाट संकलित सूचनाका आधारमा यो कदम चालिएको बताइएको छ । प्रतिवन्धित उपकरणहरुमा ल्यापटप, ट्याब्लेट, क्यामरा, डिभिडी प्लेयर र इलोक्ट्रोनिक गेमलगायत रहेका छन् । यद्यपि मोबाइल फोन र स्मार्ट फोनहरु भने लैजान पाइनेछ ।

यसबारेमा गृह मन्त्रालयले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन तर मंगलबार औपचारिक घोषणा गर्ने अनुमान गरिएको छ । प्रतिवन्धको सूचीमा कुन-कुन एयरलाइन्स परेका छन् र प्रतिवन्ध कहिलेसम्मलाई हो भन्ने विस्तृत विवरण प्रकाशमा आएको छैन ।

गत फेबु्रअरीमा दुबईमा रहेको बिमान कम्पनी डाल्लोले सञ्चालन गर्ने एउटा बिमान सोमालीको राजधानी मोगाडिसुबाट टेकअफ गरेलगत्तै विष्फोट भएको थियो । पछि अनुसन्धानकर्ताहरुले बिमानमा चढेका एक यात्रुले ल्यापटप बम बोकेको पत्ता लगाएका थिए । सो विष्फोटपछि पनि पाइलटले बिमानलाई जमीनमा अवतरण गराउन सफल भए, जसमा बम बोक्ने व्यक्तिको मात्रै मृत्यु भएको थियो ।

पछि अल-कायदासँग जोडिएको इस्लामिक लडाकु समूह अल-शबाबले सो ल्यापटप बमको जिम्मेवारी लिएको थियो, जसले अमेरिकी गुप्तचर निकायहरुलाई चिन्तित तुल्याएको छ ।

रोयल जोर्डानियन एयरलाइन्सले सोमबार एक टि्वट गर्दै यात्रुहरुलाई उत्तर अमेरिका जाने र आउने आफ्ना उडानहरुमा अधिकांस विद्युतीय उपकरणहरु बोक्न प्रतिवन्ध लगाइएको जनाएको छ । उक्त टि्वटका अनुसार मंगलबारदेखि लागू हुने गरी उडानमा फोन र मेडिकल डिभाइसबाहेकका उपकरणहरुलाई कडा प्रतिवन्ध लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment