Comments Add Comment

८१ वर्षको उमेरमा महिलाले बनाइन् आइफोन एप

सिक्ने र सिर्जनात्मक काम गर्ने कुरालाई उमेरले छेक्दैन । जापानकी एक वृद्धाले यसलाई प्रमाणित गरेर देखाइदिएकी छिन् ।

६० वर्षको उमेरमा मात्र कम्प्युटर सिकेकी एक जापानी महिलाले ८१ वर्षको उमेरमा आइफोन एप निर्माण गरेकी छिन् ।
४३ वर्षसम्म जापानको एक बैंकमा काम गरेकी पूर्व बैंकर मसाको वाकामियाले रिटायर्ड भैसकेपछि मात्र ६० वर्षको उमेरमा कम्प्युटर शिक्षा लिएकी थिइन् । कम्प्युटर सिक्ने आफ्नो निर्णयले आफ्नो पूरै जिन्दगी बदलिदिएको उनको भनाई छ ।

इन्टरनेटको जादुमय दुनियाँको हिस्सा बनेकी मसाकोलाई आफ्नो यो नयाँ संस्कार खुुब मन परेको छ । हालै उनले वृद्धावस्थाका मानिसहरुका लागि स्मार्टफोन एप बनाएर निकै चर्चा बटुुलिरहेकी छिन् । जसमा जापानका परम्परागत गुडिया राख्ने सही तरिका सिकाइन्छ ।

स्मार्टफोनका धेरैजसो एपहरु युवावर्गलाई लक्षित गरी बनाइएको र वृद्धवृद्धाका लागि निकै कममात्र एप्स देखेपछि आफुलाई वृद्धावस्थाका मानिसलाई लक्षित गर्दै एप बनाउने विचार जागेको उनले खुलासा गरिन् । आफुजस्तै बुढो अवस्थाका तमाम बुढाबुढीहरु कम्प्युटर तथा प्रविधिको दुनियालाई बुुझ्न सकूून् र आधुनिक युुगको साथ कदमअघि बढाउन सकूून् भन्ने आफुुले चाहेको उनी बताउँछिन् ।

आफ्नो एप निर्माणको कामसँगै उनले ओल्ड एज क्लब पनि चलाउँछिन् । साथै उनको एउटा ब्लग पनि छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment