Comments Add Comment

अयोध्यामा राम मन्दिर कि बाबरी मस्जिद ? अदालतले भन्यो- आपसी सम्वादबाट सुल्झाऊ

८ चैत, काठमाडौं । अयोध्यामा राम मन्दिर र बाबरी मस्जिद विवादमा सुप्रिम कोर्टले महत्वपूर्ण टिप्पणी गर्दै दुबै पक्षलाई आपसी सम्वादबाट समाधान खोज्न भनेको छ ।

अदालतले भनेको छ- यो धर्म र आस्थासँग जोडिएको विषय हो र, संवेदनशील विषय भएकाले यसको हल आपसी सम्वादबाटै होस् ।

मुख्य न्यायाधीश जेएस खेहरले सुनुवाईका क्रममा भने- यो धर्म र आस्थासँँग जोडिएको विषय हो । आपसमा बस्नुस् र सुल्झाउनुस् ।’

भारतीय जनता पार्टीका नेता सुब्रमण्डयम स्वामीले अध्योध्याको विषयमा तत्काल सुनुवाई गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए ।

अयोध्यामा दुई वर्षभित्र राम मन्दिर पहिले जहाँ थियो त्यहीँ बनाउने घोषणा गरेका थिए ।

सन् १९९२ मा अयोध्यामा बाबरी मस्जिदमा आगजनी भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment