Comments Add Comment

म्याच फिक्सिङको आरोपमा घानाका रेफ्रीमाथि आजीवन प्रतिबन्ध

८ चैत, काठमाडौं । खेल मिलेमतोको आरोपमा विश्व फुटबल महासंघ फिफाले घानाका रेफ्री जोसेफ ल्याम्टीलाई आजीवन प्रतिबन्धको घोषणा गरेको छ ।

फिफाको अनुशासन समितिले उनीमाथि मिलेमतो गरी खेलको नतिजा हेरफेर गरेको आरोप प्रमाणित भएको जनाएको छ ।

गत बर्षको नोभेम्बरमा दक्षिण अफ्रिका र सेनेगलबीचको खेलमा दिएको विवादास्पद पेनाल्टीका कारण उनलाई आजीवन प्रतिबन्धको घोषणा गरिएको हो ।

जोसेफले सेनेगलका कालिदोउ कोउलीबालीले डिबक्सभित्र हृयाण्ड गरेको भन्दै दक्षिण अफ्रिकालाई पेनाल्टीको अवसर दिएका थिए । तर बल उनको हातमा नभई घुँडामा लागेको भिडियो रिप्लेबाट प्रष्टिन्छ ।

पहिलो हाफको ४०औं मिनेट चलिरहँदा भएको यस निर्णयबाट दक्षिण अफ्रिकाले खेलमा अग्रता लियो । त्यस खेलमा दक्षिण अफि्रका २-१ गोलले बिजयी बनेको थियो ।

फिफाको निर्णयबिरुद्ध जोसेफले फिफा तथा कोर्ट अफ आर्विटेसनमा पुनरावेदन गर्न सक्नेछन् ।

सोही खेलका असिस्टेन्ट रेफ्री घानाकै डेभिड लार्ययामाथि लागेको आरोप भने फिफाको अनुशासन समितिले खारेज गरिदिएको छ ।

जितसँगै दक्षिण अफि्रका विश्वकप छनौटको त्यस समूहको दोस्रो स्थानमा उक्लिएको थियो । चार टोली सम्मिलित समूहमा सेनेगल तेस्रो स्थानमा झरेको थियो ।

जोसेफको त्यस विवादास्पद निर्णय बिरुद्ध फिफामा उजुरी दिएको सेनेगल फुटबल फेडेरेसनले फिफाको निर्णयको स्वागत गरेको छ ।

‘आजको यस फैसलाप्रति खुसी हुनुपर्ने धेरै कारणहरु छन्, एक निर्णय जसलाई महत्वपूर्ण मानिने गरिएको छ तर सबैलाई यो चेतावनी पनि हो कि खेल विश्वले हेरिरहेको छ ।’ सेनेगल फुटबल फेडेरेसनका उपाध्यक्ष एब्डोलायेले भने ।

‘सबै धात र प्रतिघातमा त्यसको गाम्भिर्यता हेरेर सजाय हुनेछ ।’

‘स्पष्ट रुपमा फिफाले एक ठूलो निर्णय लिएको छ र निर्णय अन्तिम र बाध्यकारी हुँदाहुँदै पनि खेलको बारेमा पुनः कुराकानी गर्ने निर्णयमा अडिग छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment