Comments Add Comment

अर्बपतिहरुको सूचीमा १०१ भारतीय, मुकेश अम्बानी सबैभन्दा अगाडि

मुकेश अम्बानी

८ चैत, काठमाडौं । विश्वका अर्बपतिहरुको सूचीमा १०१ भारतीय परेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले मंगलबार अर्बपतिहरुको सूची सार्वजनिक गरेको हो ।

सर्वाधिक धनी भारतीयमा मुकेश अम्बानी परेका छन् । उनी २३ अर्ब २ करोड अमेरिकी सम्पत्तिसहित फोर्ब्सको समग्र सूचीको ३३ औं नम्बरमा छन् ।

१६ अर्ब ४ करोड अमेरिकी डलरसम्पत्तिका साथ लक्ष्मी मित्तल ५६ औं स्थानमा र १४ अर्ब ९ करोड सम्पत्तिका मालिक अजिम प्रेमजी ७२ औं स्थानमा छन् । भारतीय अर्बपतिहरुमा मित्तल दोस्रो र प्रेमजी तेस्रो नम्बरमा छन् ।

यी पनि पढ्नुस्

विश्वका अर्बपतिहरुको सूची सार्वजनिक, विनोद चौधरी १५६७ औं स्थानमा

विश्वका अर्बपतिको सूचीः जान्नुस् ७ मुख्य कुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment