Comments Add Comment

धनगढी हाफ म्याराथनको चौथो संस्करण बैशाख १ मा

८ चैत, कैलाली । धनगढी जेसिजले प्रत्येक बर्ष आयोजना गर्ने ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको चौथो संस्करण यहि बैशाख १ गते आयोजना हुने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवम् धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष सुरज गिरीले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाइ क्रमश नगद ५१ हजार, २५ हजार र १५ हजार पुरस्कार प्रदान गरिने बताए ।

२१.२ किलोमिटरको हाफ म्याराथनको रुट धनगढी रंगशाला, एलएनचोक, धनगढी चौराहा हुँदै सुदूर विस्कुट इण्डष्ट्रिज पुगेर सोही रुट हुदै पुनः रंगशालामा तोकिएको छ ।

नवजीवन सहकारी संस्था लिमिटेड मूख्य प्रायोजक रहने हाफ म्याराथनमा धनगढी उपमहानगरपालिका प्रवर्धक, कैलाली जिल्ला खेलकुद बिकास समिति र जेसिस एभरेष्ट स्कुल सहयोगीको भूमिकामा रहने धनगढी जेसिजका अध्यक्ष टेकराज पनेरुले जानकारी दिए ।

उनले प्रतियोगितामा विभागीय टोलीसमेत ५ सयको सहभागिता रहने जानकारी दिए ।

आयोजक धनगढी जेसिजले हाफ म्याराथनबाट बचेको रकमले धनगढीमा मोवाइल शौचालयको निर्माण गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment