Comments Add Comment

स्थानीय चुनाव लड्ने तयारीमा हुनुहुन्छ ? यस्तो छ न्यूनतम योग्यता

८ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीका लागि तयारी सुरु भएको छ । मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्षदेखि वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दिन चाहनेहरुले परामर्श थालेका छन् ।

यदि तपाईं पनि उम्मेदवार बन्ने सोचमा हुनुहुन्छ भने आवश्यक योग्यताका बारेमा जानकार हुनुपर्नेछ ।

उम्मेदवार हुनका लागि नेपाली नागरिकताको प्रमाणपत्र चाहिन्छ । साथै तपाईंको उमेर २१ बर्ष पूरा भएको हुनुपर्नेछ ।

साथै मतदाता नामावलीमा नाम हुनुपर्नेछ । यसका साथै सबैभन्दा महत्वपूर्ण तपाईंको मतदाता नामावली जुन स्थानीय तहमा छ, त्यहाँ मात्र चुनाव लड्न पाउनुहुन्छ ।

उम्मेदवारमा हुनुपर्ने योग्यता

यदि तपाईको नामावली काठमाडौंमा छ । तर, गृहजिल्लाको स्थानीय तहमा चुनाव लड्ने सोचमा हुनुहुन्छ भने पाउनुहुन्न । खासगरी विभिन्न पेशा व्यवसायका कारण काठमाडौं तथा शहरी क्षेत्रमा बस्दै आएकाहरुले संविधानसभा चुनाव २०७० मा आफैं बस्दै आएको क्षेत्रमा नै मतदाता नामावलीमा नाम राखेका छन् ।

निर्वाचन आयोगले मतदाता नामावलीको नाम स्थानान्तरणका लागि समय दिएको थियो । तर, त्यसबेला न त निर्वाचनको कुनै माहौल बनेको थियो न चुनाव हुन्छ भन्ने संकेत नै थियो । त्यसकारण धेरैले यो सुविधाको जानकारी नै पाएनन् ।

अब मतदाता नामावली स्थानान्तरणको समय सकिसकेको निर्वाचन आयोगले जनाएको छ ।

साथै उम्मेदवार हुनका लागि कुनै फौजदारी मुद्दा नलागेको र कारबाही नभोगेको हुनुपर्नेछ ।

कसरी छानिन्छ, स्थानीय तहका पदाधिकारी ?

सम्वन्धित स्थानीय तहको भूगोलभित्र बस्ने र मतदाता नामावलीमा नाम उल्लेख भएका नागरिक कुल मतदाता मानिनेछ । त्यो कुल मतदाताले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत आफ्ना उम्मेदवारलाई मतदान गर्नेछ ।

एकजना मतदाताले स्थानीय तहको प्रमुख र उपप्रमुखलाई मत दिनेछन् । यस्तै आफ्नो वडाका लागि वडाध्यक्षको उम्मेदवार र चार सदस्यका लागि समेत मत दिन पाउनेछन् । यही आधारमा स्थानीय तहमा एक मतदातालाई सात वटा पदका लागि मतदान गर्नेछन् ।

सबैभन्दा बढी मत पाउने निर्वाचित हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment