Comments Add Comment

सौगात र प्रियंकाको ‘फाटेको जुत्ता’ कात्तिकमा किन सर्‍यो ?


नेपाली चलचित्रका निर्माताहरु अहिले प्रदर्शन मिति तोक्न दौडधुप गरिरहेका छन् । चलचित्रको छायांकन सुरु नै नभई प्रदर्शन मिति तोक्ने होडवाजी नै चलेको छ । निर्माता अर्जुन कुमारले पनि आफूले निर्माण गर्न लागेको चलचित्र ‘फाटेको जुत्ता’को प्रदर्शन मिति तोकेका छन् ।

अर्जुन, भदौ २३ गते चलचित्रको प्रदर्शन गर्ने तयारीमा थिए । तर, निश्चल बस्नेतको मुख्य भूमिका रहने चलचित्र ‘२ रुपैयाँ’ले पनि यहि मितिमा प्रदर्शन मिति तोकेपछि अर्जुन पछाडि सरेका हुन् । अब यो चलचित्र कात्तिक १७ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ ।

निकेश खड्काले निर्देशन गर्ने यो चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहनेछ । पूर्णतया कमेडी कथामा बन्ने यो चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ । अहिले नेपाली चलचित्रको छायांकन अगावै बिदाको दिनलाई बुक गर्न निर्माताहरु हानथाप गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment