Comments Add Comment

केपी ओलीले कसलाई भने फर्सी बुद्धिजीवी ? (भिडियोसहित)

'बुद्धिजीवी बिग्रियो भने श्रीमान गम्भीर लेख्छ'

८ चैत, काठमाडौं । नेकपा एमालेको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार एउटा कार्यक्रममा एमाले र आफ्नो आलोचना गर्ने बुद्धिजिवीहरुमाथि खनिएका छन् ।

उनले एमाले मधेस अभियानमा जानु हुँदैनथ्यो भन्ने बुद्धिजीवहरुलाई फर्सी बुद्धिजिवीको संज्ञा दिए । उनीहरु अरुले खुवाएको ट्याबलेड खाएर बोलेको भन्दै उनले भने, बुद्धिजिवीहरु विगि्रयो भने श्रीमान गम्भीर लेख्छन्, सप्रियो भने यो नेपाली शीर उचाली लेख्छन् ।’

एमालेका आलोचकहरुलाई उडाउने क्रममा उनले अमेरिकनले फर्सी किनेको कथा पनि सुनाए ।

बुद्धिजिवीबारे ओलीका टिप्पणीः

हामी दुई नम्बर प्रदेशमा अभियान चलाउँछौं । प्रभावकारी ढंगले सञ्चालन गर्छौं । एमालेको अभियानलाई पस्न दिन्नौं भन्ने अराजनीतिक, अपराधिक जुन प्रवति छ लोकतन्त्रमा त्यो प्रवृति मान्य र स्वीकार्य हुन सक्दैन । केही सो कल्ड बुद्धिजिवीहरु, अरुले खुवाइदिएका ट्याबलेटले बोलिरहेका छन् । तिनीहरु भन्ने गर्छन्, नआउ भनेपछि किन जाने भनेर ।

बिचराहरु, तिनीहरु देखेर दया लाग्छ । त्यसैले मैले भन्ने गरेको छु, बुद्धिजिवी बिग्रियो भने, के गर्छ ? श्रीमान गम्भिर लेख्न थाल्छ । त्यहि बुद्धिजीवी सप्रियो भने यो नेपाली शीर उचाली लेख्छ ।

केही केही बुद्धिजिवी फर सी मात्रै छन् । फर सी भनेको एउटा अमेरिकनले यहाँ रत्नपार्कमा फर्सी देखेछ । अनि किन्न खोजेछ । के हो यो भनेपछि अब पम्पकिन भन्ने थाहा थिएन बेच्नेलाई, फर्सी भन्यो । लिएर गयो, जतनसँग हावा नआउने गरेर सिसाको फ्रेममा राखेछ । अलि पछि बाहिरैसम्म गन्ध आउन थालेपछि के हुन थाल्यो भनेर यसो छोई हेरेको भित्रभित्र खत्तमै भइसकेछ । अनि उसले बुझेछ, ए ! मलाई भन्न त भनेको थियो, मैले छोएँ । छोएपछि प्वाल पर्ने रहेछ त्यस हुनाले फरसी भनेको रहेछ भन्ने सोचेछ । फर सी । यो फरसी बुद्धिजिवीहरु छन् नि त्यस्तै हुन् ।

ती बुद्धजिवीहरु कहिले स्वस्तीश्री गिरिराजचक्रचुणामणी लेख्छन्, कहिले श्रीमान गम्भीर नेपाली लेख्छन् । केही के लेख्छ । त्यो मजदूर किसानले लेखेको होइन है । त्यो बुद्धिजिवीले लेखेको हो, साथीहरु याद गर्नुस् है । स्वस्तीश्री गिरिराज चक्र चुडामणी नरनाराणात्य बिबिध बिरुदवली…तपाईँहरुले बुझ्नुभो यो के भनेको ? सबै पढेलेखेकै हुनुहुन्छ यहाँ तर, बुझ्नुभएन । भनेपछि यो सानोतिनो बुद्धिजिवीले लेखेको होइन ।

म आग्रह गर्छु हाम्रा बुद्धिजिवीलाई, यो नेापली शीर उचाली लेखुन्, स्वस्तीश्री गिरिराज चक्र चुडामणी नलेखुन् । देश लेखुन्, दलाली नगरुन् । बुद्धिजिवीहरुले बुद्धिको दुरुपयोग नगरुन् । खैर हामी यस देशलाई बिग्रिन दिन सक्दैनौं । यो देश बिग्रिन सक्दैन, यसको ग्यारेन्टी एमाले भो । एमाले छ, त्यसकारण यसले यो देश बिग्रिन दिँदैन । एमालेको देश बिग्रिन नदिने जुन आकांक्षा हो, त्यसमा जनताको साथ छ, यस अभियानमा हामीले देख्यौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment