Comments Add Comment

प्रुडेन्सियल इन्स्योरेन्सको बोनस र हकप्रद प्रस्ताव पारित

 

८ चैत, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको पन्ध्रौं वार्षिक साधारण सभाले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । साथै, सभाले सो बोनस सेयरपछि हुन आउने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर दिने प्रस्तावलाइ समेत पारित गरेको छ । हाल ३५ करोड ६४लाख चुक्ता पूँजी रहेको कम्पनीको यी सेयर जारीसँगै चुक्ता पूँजी ५५ करोड ५९ लाख ८४ हजार हुनेछ ।
कम्पनीले आर्थिक वर्ष २०७२/७३मा ८७ करोड १७ लाख २६ हजार ९ सय ६४ रुपैयाँ प्रिमियमआर्जन गरेको थियो । यस्तो आर्जन अघिल्लो वर्षको तुलनामा ११ दशमलव ५९ प्रतिशतले अधिक हो ।

आव २०७२/७३मा कम्पनीले खुद नाफा १५ करोड ३२ लाख रुपैयाँ गरेको छ । कम्पनीको ख समूहको समुह सर्वसाधारण सेयरधनीहरुबाट विष्णु भण्डारीलाई संचालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment