Comments Add Comment

जब सिंहमा चढेर बेहुली लिन हिँडे बेहुला

विवाह जीवनमा एकपटक (अपवादबाहेक) गरिन्छ । त्यसैले आफ्नो विवाहलाई यादगार बनाउन को चाहँदैन ?

पाकिस्तानका युवक शेख मोहम्मद पनि आफ्नो विवाहलाई यादगार बनाउन चाहन्थे । यसका लागि उनले धेरै उपाय सोचे । र, अन्तिममा ‘डरलाग्दो’ निर्णय लिए- जिउँदोजाग्दो सिंहमाथि चढेर बेहुली लिन जाने ।

सेखले आफ्नो विचार बाबुलाई सुनाए । सुरुमा त उनका बाबुले यसलाई ठट्टाका रुपमा लिए र हाँसोमा उडाए । तर छोराले सिंहमा नै चढेर जन्ति जाने अड्डी लिन थालेपछि बाबु पनि गम्भीर भए ।

छोराको इच्छापूर्ति गर्न कुनै कसर छाड्न नचाहने बाबुले अन्ततः एउटा वयस्क सिंहको खोजी गरे र त्यसलाई पिँजडाभित्र हाल्न लगाए । पिँजडामाथि दुलाहाको आसन बनाइयो । त्यसैमा बसेर जन्ति हिँडे सेख ।

जन्ति जाने क्रममा पिँजडाभित्र रहेको सिंह रिसाएर ग्वार्र ग्वार्र कराइरहेको थियो । बाटोभरी मानिसहरुले अचम्भित भएर सो दृष्य हेरिरहेका थिए । धेरैले यसको फोटो र भिडियो खिच्न भ्याए ।

यीनैमध्ये कसैले यो भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिदियो जुन अहिले भाइरल बनिरहेको छ । सामाजिक सञ्जालमा धेरैले शेखले धनको तुजुक देखाएको भन्दै आलोचना गरेका छन् ।

हुन पनि बिहेमा सेख परिवारले राम्रै तामझाम देखाए । दुलाहा सुनका गरगहनाले ढपक्कै ढाएकिा थिए भने बिहेमा करिब १५ हजार जन्ति लगिएको थियो । दुलहीका परिवारले ५ करोड पाकिस्तानी रुपैयाँ बराबरको दाइजो दिएको बताइएको छ, जुन वैवाहिक समारोहमा प्रदर्शन गरियो । पाकिस्तानी मिडियाका अनुसार केटालाई कार र केटाका दाजुभाईहरुलाई मोटरसाइकल दिइएको थियो ।

बिहेपछि दुलहीलाई चाहिँ कसरी लगियो भन्ने सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment