Comments Add Comment

पहिलोपटक आफ्ना छोराछोरी देख्दा धुरुधुरु रोएका थिए करण

बलिउड निर्देशक करण जौहर हालै सरोगेटमार्फत जुम्ल्याहा सन्तानको बाबु बने । हालै एक कार्यक्रममा उनले आफू बाबु बन्दाको अनुभूति सेयर गरेका छन् ।

करणका अनुसार पहिलोपटक आफ्ना दुई सन्तानलाई देख्दा उनी रोएका थिए । आफ्ना छोरी र छोरा समयभन्दा अगावै जन्मिएको पनि उनले खुलासा गरे ।

‘जब मैले उनीहरुलाई पहिलोपटक देखेँ, मलाई थाहै भएन कि मेरो आँखाबाट आँशु बगिरहेको थियो । यो सबैभन्दा भावनात्मक क्षण थियो जुन मैले यसभन्दा अघि कहिल्यै अनुभुति गरेको थिइनँ,’ करणले भने ।

आफ्नो वंशलाई अघि बढाउन सन्तान जन्माएको कुरालाई उनले इन्कार गरे । करणले भने, ‘म आफूभित्रको स्नेहलाई बाँड्न चाहन्थेँ । मभित्र धेरै नै एक्लोपना थियो । मलाई लाग्छ, मभित्रको खालीपन बच्चाहरुको आगमनसँगै भरिएको छ । म आफ्ना बच्चाहरुको आमा र बाबु दुवै बन्नेछु । तर, म बाबुभन्दा धेरै बढि आमाको भूमिका निभाउनेछु ।’

करणका अनुसार उनका बाबुआमाले उनलाई हुर्काएजस्तै उनले आफ्ना सन्तान हुर्काउने छन् । उनीहरु जीवनमा जे बन्छ चाहन्छन् त्यसैलाई प्रोत्साहित गर्नेछन् । बच्चाहरुमाथि आफ्नो इच्छा र चाहना नथोपर्ने उनको भनाई छ ।

‘उनीहरु पनि फिल्म निर्माता बन्नैपर्छ वा मेरो कम्पनी चलाउनैपर्छ भन्ने मान्यता मेरो छैन,’ उनले भने ।

करणलाई सोधियो कि यदि उनको जीवनमाथि कुनै फिल्म बन्ने भयो भने त्यसमा आफ्नो भूमिकामा कसलाई हेर्न चाहन्छन् । त्यसको जवाफमा उनले रणवीर कपुरके नाम लिए । उनले भने, ‘मेरी आमाको भूमिका अलिकति कठिन हुनेछ । मलाई लाग्छ कि जुही चावलाले यो भूमिकामा न्याय गर्न सक्छिन् । र, मेरा पिताको भूमिका ऋषि कपुरले निभाउन सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment