Comments Add Comment

चिनियाँ ठेकेदारले झलनाथ पुत्रको कम्पनीलाई हटायो, भैरहवा विमानस्थल आफैं बनाउने

८ चैत, भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदारले नर्थ वेष्ट नेपाल इन्फ्रा प्रालीलाई ‘सब कन्ट्राक्टर’ बाट हटाएको छ । साथै अबदेखि आफ्नो काम आफैंले गर्ने बताएको छ ।

नर्थ वेष्ट नेपाल इन्फ्रा प्राली एमाले नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार र युवा संघका नेता राजु गरुङसहितको कम्पनी हो ।

नर्थ वेष्टले गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री सप्लाईको जिम्मा पाएको थियो । तर, पछिल्लो केही दिनदेखि निर्माण सामाग्री सप्लाई रोकेर विमानस्थल निर्माण अवरोध श्रृजना गरेको थियो ।

काम रोकिएपछि दातृ निकाय एसियाली विकास बैंक एडीबीले सब कन्ट्रयाक्टरबाट हटाउन भन्दै सरकारलाई पत्र लेख्यो । यसक्रममा सोमबार चिनियाँ पक्ष, एडीबी र नेपाली पक्षको बैठकमा चारबुँदे सहमति भएको छ ।

दुबै पक्षले हस्ताक्षर गरेको सहमतिमा नेपाली कम्पनीले मंगलबारबाटै गेट खोल्ने, ५ दिनभित्र नर्थ वष्टले विल पेश गर्ने र त्यसको सात दिनभित्र यसबारे टुंगोमा पुग्ने उल्लेख छ ।

नर्थ वेष्टका अध्यक्ष राजु गुरुङले मंगलबार पत्रकार सम्मेलन गरेर विमानस्थलमा काम गरे अनुसारको चिनियाँ कम्पनीले भुक्तानी नगरेको दाबी गरे ।

साथै रकम नदिएसम्म काम रोक्ने बताए ।  ‘विमानस्थल निर्माणको कार्य २७ प्रतिशत सकिएको छ । त्यस बराबर चिनियाँ कम्पनीले रकम दिएको छैन’ उनले भने ।

भैरहवा विमास्थल आफैं बनाउने

चिनियाँ र नेपाली दुवै कम्पनीबिच हट्ने र हटाउने सम्झौता भएको विमानस्थल आयोजना प्रमुख ओम शर्माले अनलाइनखबरलाई जानकारी दिए । ‘दुवै कम्पनीबिच हट्ने र हटाउने विषयमा सम्झौता नै भएको छ’ उनले भने ।

उनका अनुुसार चिनियाँ कम्पनीले अबदेखि आफ्नो काम आफैंले गर्ने आयोजनालाई जानकारी गराएको छ ।

०७१ सालमा विमानस्थलको निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएको थियो । तर, स्वयम आफूले निर्माण कार्य नगरी उसले नेपालको नर्थ वेस्ट इन्फ्रा नेपाल नामक कम्पनीलाई निर्माण कार्यको जिम्मा दिएको थियो ।

आयोजनाका प्रमुख शर्माका अनुसार चिनियाँ कम्पनीले काम सुरु गर्नुभन्दा अघि एडभान्स स्वरुप ७८ करोड र बिलबिजक मार्फत ५३ करोड गरी १ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी लिएको छ ।

जसमध्ये ७६ करोड नेपाली कम्पनीलाई भुक्तानी गरेको छ । नर्थ वेस्टले ५२ करोड मात्र भुक्तानी लिएको बताएको छ । बाँकी २४ करोड रुपैयाँ हिमालयन नामक कम्पनीले भुक्तानी लिएको पत्रकार बताइएको छ ।

विमानस्थल निर्माण थाल्ने क्रममा चिनियाँ कम्पनीले नेपाली हिमालयन इन्फ्राटेक नामक कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो । तर, हिमालयन कम्पनीका प्रमुख नारायण कार्कीले २४ करोड लिएर फरार भएपछि नर्थ वेस्ट इन्फ्रा प्रालिले २४ करोड रुपैयाँको जिम्मा आफुले लिने गरी निर्माण कार्यको जिम्मा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment