Comments Add Comment

यही अवस्थामा राख्ने हो भने पुनर्निर्माण प्राधिकरण भङ्ग गरे हुन्छः सीईओ पोखरेल

९ चैत, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेलले यही अवस्थामा राख्ने हो भने पुनर्निर्माण प्राधिकरण भङ्ग गर्न माग गरेका छन् । अहिले प्राधिकरणको हैसियत राष्ट्रिय योजना आयोगको पूर्वाधार महाशाखा जत्ति पनि नरहेको उनले बताए ।

योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका डा. पोखरेलले बुधबार संसदको विकास समितिमा पुनर्निर्माण प्राधिकरणका समस्याहरु सुनाए ।

प्राधिकरणमा जनशक्ति अभाव भएको र तालिम लिएकाहरु पनि सबै काममा नरहेको उनले बताए ।

दाता निकायहरुले दिएको रकम निश्चित जिल्ला र गाउँ तोक्नुका साथै खर्च गर्ने क्षेत्र समेत तोकेर आउने गरेको भन्दै उनले पुनर्निर्माण कोष सक्रिय नहुँदा काम गर्न गाह्रो भएको बताए । उनले भने, ‘प्राधिकरणको हैसियत योजना आयोगको पूर्वाधार महाशाखाको जत्ति पनि छैन ।’

पुनर्निर्माण प्रधिकरणको कार्यविधि र नियमावली पनि झन्झटिलो भएको उनले बताए । प्राधिकरणका सीईओ ज्ञवालीले अघि भने, ‘मापदण्ड यति कठिन छ कि गाउँमा मात्र होइन, शहरका एउटा घर पनि मापदण्डमा पर्न सक्दैन ।’

आफूसँग भएको एक भेटमा स्विट्जरल्याण्डका राजदूतले समेत यो मापदण्ड आफ्नो देशमा समेत लागू हुन नसक्ने बताएको पोखरेलले विकास समितिमा सुनाए ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले प्राधिकरणका पूर्व सीईओ सुशील ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै उनलाई हटाएर पोखरेललाई नियुक्त गरेको थियो । ज्ञवाली केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको सीईओ नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment