Comments Add Comment

कविता दिवसमा प्रज्ञामा कविता गोष्ठी

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानमा मङ्गलबार विशेष कवि गोष्ठीको आयोजना गरियो ।

विश्व कविता दिवसको अवसरमा आयोजित कवि गोष्ठीमा ३४ जना कविले कविता वाचन गरे । गोष्ठीमा श्यामल, विमल निभा, पूर्ण विराम, टङ्क उप्रेती, मोमिला, ज्ञानुवाकर पौडेल, पुरुषोत्तम सुवेदी, विजय सुब्बा, केशव सिलवाल, विप्लव ढकाल, भीष्म उप्रेती, उमेश अकिञ्चन, केवल बिनावी, कृष्ण प्रधान, गीता कार्की, वासुदेव अधिकारी, प्रतिसरा सायमी, गीता त्रिपाठी, धर्मेन्द्रविक्रम नेम्बाङले कविता सुनाए ।

यस्तै, निभा शाह, विमला तुम्खेवा, हरिहर तिमिल्सिना, स्नेह सायमी, स्वप्निल स्मृति, मणि लोहनी, बाबु त्रिपाठी, मदन राई ‘लामाखुले’, यशोदा अधिकारी, राजु स्याङ्तान, रामप्रसाद ज्ञवाली, बिना थिङ, शकुन्तला जोशी र सुरेश किरणले कविता वाचन गरेका थिए ।

कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि वैरागी काइँलाले सामाजिक सद्भाव कायम गर्न पनि कविताको अहम् भूमिका रहने बताए । यस्तै, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व कविता दिवस विश्वभरिका कविहरुका लागि भ्रातृत्व, शान्ति र सद्भाव प्रकट गर्ने पर्व रहेको उल्लेख गरे ।

प्रतिष्ठानका काव्य विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राज्ञ डा. अमर गिरीले कार्यक्रमबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment